समोसामा भेटिएको भ्यागुत्तोमा कांग्रेस नेताको राजनीति !

समोसामा भेटिएको भ्यागुत्तोमा कांग्रेस नेताको राजनीति !

बर्दिबास : महोत्तरीको गौशाला बजारस्थित शिव मिष्ठान्न भण्डारले उपभोक्तालाई बिक्री गरेको समोसामा भ्यागुत्तो फेला परेको घटनालाई स्थानीय कांग्रेस नेताले ढाकछोप गर्न लागेका छन्।

होटल सञ्चालकलाई बचाउन महोत्तरी कांग्रेसका क्षेत्रीय नेता रामश्रेष्ठ महतोले फेसबुकमा पोष्ट गर्दै ‘पत्रकारहरुले समोसाभित्र भ्यागुतो मारेर हालेर समाचार बनाए’ को उल्लेख गरेका छन्। उपभोक्ताको जीवनसँग खेलबाड गर्ने व्यापारीको पक्षमा उनी उत्रिएका हुन्। उनले पत्रकारले रुपैयाँ खाएर यस्तो समाचार बाहिर ल्याएको आरोपसम्म लगाएका छन्। 

रेडियो गौशालाको १५औं वार्षिकोत्सवका अवसरमा आयोजकले स्थानीय शिव मिष्ठान्न भण्डारबाट सहभागीका लागि खाजा मगाएका थिए। तर कांग्रेस नेता महतोले गौशालाकै अर्को रेडियो रुपान्तरमाथि आरोप लगाएको रेडियो सञ्चालक धनवीर महतोले बताए, ‘हामीले को कोसँग रुपैयाँ लियौं भन्ने देखाउनुपर्छ अन्यथा आरोप लगाउन मिल्दैन।’

नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डल, उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झा र प्रहरीसमेत खाजाभित्र समोसामा भ्यागुत्तो फेला पर्दा उपस्थित थिए।

समोसामा भ्यागुत्तो फेला परेको घटनाका दोषीलाई कारबाहीका लागि आवाज उठाउनु पर्नेमा कांग्रेस नेता महतोले पसलेको पक्षमा उभिएर महोत्तरीका सबै पत्रकारमाथि प्रश्न चिह्न उठाउँदै पत्रकारहरुले समोसाभित्र भ्यागुतो राखेर समाचार लेखेको फेसबुकमा उल्लेख गरेका हुन्।

‘हामीले कहाँनिर भ्यागुतो मारेर समोसाभित्र राख्यौं भन्ने कांग्रेस नेताले अब पुष्टि गर्नुपर्छ,’ कान्तिपुरका महोत्तरी सम्वाददाता रविन्द्र उप्रेतीले भने। उनका अनुसार, महोत्तरी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभाका उमेद्वार भइसकेका उनी समोसाभित्र फेला परेको भ्यागुत्तोमा जालझेलको झुठो राजनीति गरिरहेका छन्।
मिष्ठान्न भण्डारका सञ्चालक धर्मेन्द्र साहले आफ्नो गल्तीले समोसाभित्र भ्यागुतो पर्न गएको इलाका प्रहरी कार्यालय गौशालासमक्ष स्वीकार गरिसकेका छन्। उनी हाजीर जमानतमा छुटेका छन्।

गौशाला नगरपालिकाले उपमेयर आशा लामाको संयोजकत्वमा एक अनुगमन समिति गठन गरी अनुसन्धानको क्रममा रहेको घटनालाई समेत प्रदेशसभाका सदस्यका प्रत्याशी उनले दबाउन खोजेको देखिन्छ। पत्रकारलाई ज्यान मार्ने धम्की दिनेजस्ता विभिन्न अपराधी क्रियाकलाप गरेको आरोपमा यसअघि पनि उनी प्रहरी हिरासतमा कयौंपटक परिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.