हत्यामा संलग्न १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न १५ वर्षपछि पक्राउ

विराटनगर : माओवादी द्वन्द्वकालमा हत्या गरेर गाउँमै लुकिछिपी बसेका तीनजना १५ वर्षपछि मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ परेका छन्। साविकको डंग्राहा गाविस- ६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा- ७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए। 

विश्वासको २०६० साल मंसिर ७ गते हत्या भएको थियो। डीएसपी थापाले अपराधिक घटनाका पुराना फायल केलाउँदै जाँदा हत्या भएको लामो समयपछि घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको जानकारी दिए। 

प्रहरीका अनुसार गाउँमा रातको समयमा धान चोरी गर्न आएको भन्दै स्थानीय बासिन्दाले कुटपिट गरेर गारीलालको हत्या गरेका थिए। उनका छोरा बलीरामले घटनाका बारेमा किटानी जाहेरी नै दिए पनि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। 

घटनामा संलग्न तीनैजनाको नामै किटान गरिएको जाहेरी प्रहरीमा परेको थियो। 'पुराना मुद्धा केलाएर हेर्दै जाँदा लामो समयसम्म हत्यामा संलग्न तीनजनालाई पक्राउ गर्न नसकेको देखियो,' डीएसपी थापाले भने, 'उनीहरु गाउँमै खुल्लेआम हिंडिरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो।'

डिएसपी थापाले पुराना विभिन्न घटनाका फायल पल्टाएर अनुसन्धान गर्दै त्यस्ता घटनामा संलग्नको पहिचान गरेर पक्राउ गर्न थालिएको जनाए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा उनीहरुको संलग्नता देखिएको छ। तीनैजना विरुद्ध कर्तव्य ज्यान मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी थापाले दिए। 

'राज्य र तत्कालिन विद्रोही माओवादीबीचको द्वन्द्व चर्किएर त्यतिबेला गाउँमा प्रहरी पुग्न सक्ने अवस्था नै थिएन,' प्रहरीका एक अधिकारीले भने, 'प्रहरी गाउँमा जान नसकेकै कारण हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई पनि पक्राउ गर्न सकिएको थिएन।' त्यतिबेला आन्दोलनका कारण प्रहरी गाउँ नजाँदा अपराधिक घटनामा संलग्न गाउँघरमै खुल्लेआम हिंडडुल गर्ने वातावरण बनेको थियो।

ती प्रहरी अधिकारीका अनुसार त्यतिबेला गाउँमा पुगेर कुनै पनि घटनाको अनुसन्धान गर्न र घटनाका बारेमा बुझ्न सक्ने अवस्था नै थिएन। माओवादीबाट आक्रमण हुने डरकै कारण गाउँगाउँमा रहेका प्रहरी युनिट र त्यहाँ कार्यरत प्रहरी सदरमुकाम केन्द्रीत थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.