फिरौतीको बार्गेनिङ चल्दा चल्दै बालकको हत्या

फिरौतीको बार्गेनिङ चल्दा चल्दै बालकको हत्या

काठमाडौँ: राजधानीको काँडाघारीमा चिया पसल चलाउँदै आएकी सिन्धुपाल्चोककी चमेली खड्काकी छोरा ११ वर्षीय निशान खड्का आइतवार राति ८ बजे बेपत्ता भए । 

चिया पिउन आएका दुईजना युवाले बालकलाई लगेको खुलेपछि परिवारले प्रहरीलाई राति नौ बजे नै खबर गरे । परिवारले बालक हराएको सूचना पाइसकेपछि उता अपहरणकारी युवाले उनका परिवारसँग फिरौतीको बार्गेनिङ थालिसकेका थिए । 

पसलमा आएर दुई पटक चिया पिएका उनीहरुले बालकलाई उठाएपछि उनकी आमासँग ४० लाख रुपैयाँ फिरौतीबाट बार्गेनिङ सुरु गरेका थिए । राति पटक पटक फोन गरेर उनीहरुले बालककी आमासँग फिरौती बार्गेनिङ गरिरहँदा बालकको पनि ज्यान लिने धम्की दिएका थिए । 

राति दुई पटक फोन गरेर उनीहरुले ४० लाख रुपैयाँबाट सुरु गरेको बार्गेनिङपछि फोन गरेको सिमकार्ड फ्यालेका थिए । फिरौती बार्गेनिङ गर्नका लागि उनीहरुले पहिलो सिम फ्यालेपछि दोस्रो सिमको प्रयोग गरेका थिए । 

बार्गेनिङ गर्दा गर्दै हत्या

त्यसक्रममा उनीहरुले बालकको राति नै हत्या गरेको खुलेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । 

‘आमासँग बार्गेनिङ गर्दा गर्दै बालकको राति नै हत्या भएको खुलेको छ’, उनले भने, ‘राति नै बालकको ज्यान लिएपछि उनलाई ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशस्थित श्याम लवटको निर्माणाधीन घर बाहिरतर्फको गारोसँगै जोडिएको खाल्डोमा गाडिएको अवस्थामा भेटिएको छ ।’

यस्तो अवस्थामा बालक

घटनास्थलमा अन्नपूर्णकर्मी पुग्दा बालकको मुखमा कपडा कोचिएको थियो । नयाँ बन्दै गरेको श्याम लवटको घर बाहिरको गारोसँगै जोडिएको खाल्डोबाट पुलिसले निकालेको शव हेर्दा उनको राति नै हत्या भएको अनुमान लगाउन सकिन्थ्यो । 

दुवै अपहरणकारीले बालकको हत्या आफ्नै कोठामा गरेपछि त्यहाँबाट निकालेर निर्माणाधीन नयाँ घरको खाल्डोमा पुरिएको भेटिएको हो । खाल्डोमा भेटिएको बालकको  खुट्टा सेतो टेपले बाँधिएको थियो । 

प्रहरीले कसरी पत्ता लगायो

बालकका परिवारले निशान बेपत्ता भएको खबर गरेपछि काठमाडौँ र भक्तपुरका प्रहरी युनिट एकसाथ एलर्ट भएका थिए । राति नै खबर आएपछि सोमबार बिहानैबाट काठमाडौँ र भक्तपुर परिसरको टोलीले काँडाघारीबाट अनुसन्धान थालेको थियो । 

प्रहरीले अनुसन्धाननका लागि सबैभन्दा सजिलो निशानकी आमालाई फोन गर्न प्रयोग गरिएको मोइबालबाट भयो । अनुसन्धान अघि बढ्दै गर्दा अपहरणकारीले प्रयोग गरेको सिमकार्डको अन्तिम लोकेशन भक्तपुरको ठिमी क्षेत्र देखाएपछि प्रहरीको डेढ सय जना भन्दा बढीको टोली त्यहाँ परिचालित भएको थियो ।

मोबाइल सेवा प्रदायकबाट दुवै सिमकार्डका लोकेशन नगदेश क्षेत्रमा रहेको भेटिएपछि प्रहरीले त्यहीँ अनुसन्धान केन्द्रित गरेको थियो । त्यसक्रममा लवटको निर्माणाधीन घरको भुइँतालको गारोसँगै जोडिएको खाल्डोमा बालकको शव भेटियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.