काँडाघारीबाट अपहृत ११ वर्षीय बालकको हत्या
काठमाडौँ : राजधानीको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । काँडाघारीबाट आइतवार अपहरणमा परेका ११ वर्षीय निशान खड्कालाई अपहरणकारी समूहले हत्या गरेको हो ।
बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरेर निशान अपहरणमा परेको जानकारी दिएका थिए । त्यसपछि उनीहरुले करोड भन्दा धेरै रकम फिरौती मागेका थिए ।
त्यसपछि प्रहरीले अपहरणकारी र बालकको खोजी तीब्र बनाएका थिए । त्यसक्रममा भक्तपुरको नगदेशमा बालकको शव गाडिएको अवस्थामा भेटिएको हो । त्यही क्रममा प्रहरीले अपहरणकारीमाथि इन्काउन्टर गरेको हो ।
प्रतिक्रिया दिनुहोस !