पहिरोले पासाङल्हामू मार्ग अवरुद्ध, यात्रु मर्कामा

पहिरोले पासाङल्हामू मार्ग अवरुद्ध, यात्रु मर्कामा

नुवाकोट : अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटको मुख्य सडकमार्ग अवरूद्ध हुँदा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण पासाङल्हामु मार्गको त्रिशूली–ककनी–काठमाडाै सडकखण्ड अवरूद्ध हुँदा सयौं यातायातका साधन रोकिँदा यात्रु मर्कामा परेका हुन्।

पासाङल्हामु मार्गअन्र्तगत सडकको विभिन्न ठाउँमा ठुलो पहिरो जाँदा सडक अवरूद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको हो। नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवामा अबिरल वर्षाका कारण सडकमा पहिरो खसेर यातायात अवरोध भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

पहिरोले पासाङल्हामू मार्गअन्तर्गत त्रिशूली–बेत्रावती–धुन्चे सडकमार्गको बीचमा रहेको विदुर नगरपालिका–१० भैसेस्थित तिरतिरे भीरमा यातायात ठप्प भएको छ। पहिरो पन्छाएर अवरूद्ध सडक खुलाउने कार्य भइरहे पनि वर्षा नरोकिएको र पहिरो जाने क्रम जारी रहेकाले कठिनाइ भएको हो।

पहिरो पन्छाउन स्काभेटर तथा डोजर परिचालन गरिएको छ। ठाउँठाउँमा पहिरो गएका कारण दैनिक सञ्चालन हुने एक हजार सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ। अवरुद्ध सडक नेपाल–चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका जाने सडक हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.