पहरो खोपेर पर्यटकीय पदमार्ग बनाइँदै

पहरो खोपेर पर्यटकीय पदमार्ग बनाइँदै

ओखलढुंगा : सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकीय पदमार्ग पहरो खोपेर बनाइँदै छ। भीरको बाटोबाट यात्रा गर्दा जनधनको क्षति भएपछि गाउँपालिकाले सजिलो पदमार्ग बनाउन लागेको हो। पदमार्ग बनाउने काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको पर्यटकीय पदमार्ग निर्माण गर्ने बहुवर्षीय योजनाअन्र्तगत आर्थिक वर्ष ०७४/०७५ को ३५ लाख बजेटबाट उक्त पदमार्गको स्तरोन्नति गरिएको हो। 

गाउँपालिका- ३ को टोकटोकदेखि बेङ्कारसम्म जाने बाटोमा पुरै पहरो खोपेर रड र सिमेन्टको सहायताले बाटो चौँडा पारिएको छ।बाटो फराकिलो भएपछि पदर्मागको यात्रा सहज हुने स्थानीय रिञ्जी शेर्पाले बताए। भने, 'पहिले कतिपय पैदल यात्रु भीरबाट खसेर मृत्यु वरणन गर्थे, अब यस्तो हुँदैन होला।'  यो बाटोमा पुरै चट्टानै चट्टानको भीरबाट खनिएको छ। यस अघि चट्टानको भीरमा साँगुरो बाटो भएकाले आवात जावतमा कठिनाइ थियो। 

पर्यटक समेत आवतजावत गर्न समस्या भएको र हिँडहुलका क्रममा पटक-पटक मानवीय क्षति भएपछि बाटो निर्माणको काम थालिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष नुर्बु जाङ्बु शेर्पाले जानकारी दिए। हिँडडुल गर्दा बटुवा मात्र होइन सामान ओसार्ने जोक्पे र खच्चड समेत लडेर मरेका थिए। 

पदमार्ग निर्माणले यस्ता दुर्घटना रोक्ने र पर्यटकको आवागमनमा समेत वृद्धि हुने गाउँपालिकाले अपेक्षा लिएको छ। यो बाटो प्रयोग गरेर सिजनमा पर्यटक आउने भएकाले वर्षा लागेर सिजन सकिएपछि निर्माण थालिएको बताइएको छ। 

पदमार्ग विस्तार गर्न विकल्प नभएकाले हाल प्रयोग भइरहेको सानो बाटोलाई नै पहरो फोडेर रड र सिमेन्ट प्रयोग गरेर रेलिङ समेत राखेर पदमार्ग सजिलो बनाइएको छ। पदमार्ग निर्माण सकिएपछि पर्यटक र पथ प्रदर्शकहरुलाई सहज हुने स्थानीयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.