दिदीभाइको डुबेर मृत्यु

दिदीभाइको डुबेर मृत्यु

इटहरी : सुनसरीको रामधुनी ३ स्थित सिगिंया खोलामा भाडा माझ्ने क्रममा दिदीभाइको डुबेर मृत्यु भएको छ। उनीहरु डुबेको झण्डै ६ घण्टापछि प्रहरीले शव निकालेको छ।

स्थानीय दिनेश खड्काकी छोरी ११ वर्षीया सिर्जना खड्का र ७ बर्षका छोरा असमिन  दिउँसो पानीमा डुबेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकालेको हो। भाडा माझ्ने क्रममा पानीमा भाडा बगेको र समात्न जाने क्रममा भाइ र दिदी क्रमशः डुबेको प्रहरीको भनाइ छ।

आमाले केही वर्षअघि नै छाडेर गएपछि उनीहरु बुबाको संरक्षणमा नहरको किनारमा बस्दै आएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.