स्थानीय सरकार प्रदेश कानुनविपरीत कर संकलन गर्दै

स्थानीय सरकार प्रदेश कानुनविपरीत कर संकलन गर्दै

तानसेन : प्रदेश कानुनविपरीत पाल्पाका स्थानीय तहले सवारीकर संकलन गरेका छन्। प्रदेश ५ सरकारले साउन महिनाबाट जिल्लाहरूमा विभिन्न शीर्षकमा उठाइने कर नउठाउन दिएको निर्देशनलाई अटेर गर्दै सवारीकर संकलन भएको हो।

विगतमा जिल्लाका तीन स्थानमा मात्रै लिइँदै आएको सवारीकर अहिले पाल्पाका सबैजसो स्थानीय तहले उठाउन थालेका छन्। जिल्लाका स्थानीय तहले प्रवेश नाकामा बसेर सवारीकर उठाउँदै आएका छन्। जिल्लाका १० वटा स्थानीय तहमध्ये ८ वटाले पूर्वाधार उपभोग सवारीकर उठाउँदै आएका छन् भने २ वटा स्थानीय तह उठाउने तयारीमा जुटेका छन्। जिल्लाका ८ स्थानीय तहले १६ स्थानमा सवारीकर उठाउँदै आएका छन्। नगरपालिका तथा गाउँपालिकाको प्रवेशद्वारमा सवारीकर बुझाउनुपरेको भन्दै सवारीधनी तथा चालकहरूले असन्तुष्टि जनाएका छन्।

तानसेन नगरपालिकाले होलाङ्दी, बतासेडाँडा र गैरागाउँबाट सवारीकर असुल्दै आएको छ। रामपुर नगरपालिकाले कालीगण्डकी करिडोर, रातामाटा र बहखोलामा सवारीकर उठाउने गरेका छ। निस्दी गाउँपालिकाले विभिन्न ५ स्थानबाट कर संकलनका लागि बोलपत्र आह्वान गरेको छ। रैनादेवी हार्थाेकमा रैनादेवी छहरा र रिब्दिकोट गाउँपालिकाले संयुक्त रूपमा सवारीकर उठाउँदै आएका छन्।

माथागढी गाउँपालिकाले बाँसटारी, झडेवा सडकको सराइमा गरालो राखेर सवारी कर उठाउँदै आएको छ। निस्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले संविधानमा दिएको अधिकार प्रयोग गरेर भौतिक पूर्वाधारकरअन्तर्गत सडकमा ढाट राखेर कर उठाउने निर्णय गरेर सूचना प्रकाशन गरेको बताए। बगनासकाली गाउँपालिकाले चिलाङ्दी सडकमा सवारीकर उठाउँदै आएको छ। रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले लसुने ओमभञ्ज्याङ सडकमा पहिलेदेखि नै तत्कालीन जिविसले उठाउँदै आएको सवारीकरलाई स्थानीय पूर्वाधार सडक उपभोग्य शुल्कको रूपमा गाउँपालिकाले निरन्तरता दिएको बताए। तिनाउँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाले भने सवारी कर उठाएका छैनन।


जिल्लाका ८ स्थानीय तहले १६ स्थानमा सवारीकर उठाउँदै आएका छन्।

प्रदेश ५ सरकारले कर ऐनमा उल्लेख नभएकाले गाउँपालिकालाई सवारीकर नलिन सूचना जारी गरे पनि जिल्लाका स्थानीय तहका प्रमुखहरूले संविधानले दिएको अधिकार प्रयोग गरी कानुन बनाएर पूर्वाधार सडक उपभोगकर उठाएको बताएका छन्। यसअघि जिविसले आफूले निर्माण गरेको सडकमा कर संकलन गर्दै आएको थियो। प्रदेश सरकारको कानुन निर्माणपछि सो कर संकलन स्वतः खारेज भएको छ। ‘सवारीकर प्रदेश सरकारले यातायात कार्यालयबाट मात्रै उठाउनेछ, अन्य कुनै स्थानमा ढाट राखेर कर संकलन गर्न पाइँदैन, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले भने।

पाल्पाको तत्कालिन जिल्ला विकास समितिले आर्यभाङ्ज्याङ्–रामपुर सडक, हार्थाेक –बतासे सडक र बाँसटारी–झडेवा सडक, चिलाङ्दी चापपानी सडकमा मात्र सडक कर उठाउदै आएको थियो। एउटै जिल्ला भित्र १६ स्थानमा सवारी कर उठाउने नियमले जनतामा निराशा छाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन बमोजिम मात्रै कर असुली गर्न भन्दै सबै स्थानीय तहहरूलाई परिपत्र गरेर निर्देशन दिएको छ। स्थानीय सरकारले जन्मदर्ता, बसाईंसराईं, शिक्षा, खानेपानी, विद्युत, सहकारी, फोहोरमैला, सिंचाई, स्वास्थ्य, सवारीसाधन, मनोरञ्जन, विज्ञापन, पर्यटन, कृषि जस्ता विषयमा कर असुली गर्दै आएको छ।

क्याम्पसन ः तानसेन नगरपालिकाले पुर्वाधार सडक उपभोग अन्तरगत सवारी साधनहरू संग सडक प्रयोग वापत कर संकलन गर्दै।

फोटो कृष्ण पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.