विपन्नमुखी कार्यक्रम प्रभावकारी

विपन्नमुखी कार्यक्रम प्रभावकारी

तानसेन : पाल्पाका स्थानीय तहले गरिब तथा विपन्नलाई लक्ष्य गरी ल्याएका कार्यक्रम प्रभावकारी भएका छन्। पाल्पाका १० वटै स्थानीय तहले गरिब तथा विपन्न परिवारलाई केन्द्रित गरी खरको छाना हटाई टिनको छाना लगाउने र स्वास्थ्य बिमा कार्यक्रम बजेटमा समावेश गरेका छन्।

यी दुई कार्यक्रमले जनप्रतिनिधिलाई काम देखाउने र जस लिने बाटो बनेको छ। गत आर्थिक वर्षमा समेत खरको छाना हटाउने र स्वास्थ्य बिमा कार्यक्रम गरेका स्थानीय तहले चालु आर्थिक वर्षमा समेत सोही कार्यक्रमलाई निरन्तरता दिएका छन्। रैनादेवी छहरा गाउँपालिकाले गत वर्ष निम्न आयस्तर भएका १ सय ६० परिवारमा खरको छानो हटाउने गरी कर्कट पाता वितरण गरेको थियो। चालु आवमा गाउँपालिकालाई खरको छानोमुक्त बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए।

रिब्दिकोट गाउँपालिकाले खरको छानामुक्त कार्यक्रमलाई सेतो नमुना घरको कार्यक्रम बनाई कार्यान्वयनमा ल्याएको छ। गाउँपालिकाले गत आवमा वडा नंं ५ लाई खरको छानामुक्त वडा घोषणा ग¥यो भने चालु आवमा वडा नंं १, २ र ३ लाई खरको छानामुक्त गर्ने गरी १२ लाख ५० हजार रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए।

स्थानीय तहले ल्याएको यो कार्यक्रमले विपन्न समुदायमा खुसी छाएको छ। खरको छानोका कारण कष्ट बेहोरिरहेका विपन्न समुदाय यो कार्यक्रमले लाभान्वित भएका छन्। रामपुर नगरपालिकाले गत वर्ष १ सय ४८ घरमा जस्तापाता सहयोग गरेको छ। नगरपालिकाले फुसको छाना हटाउन गत वर्ष ५० लाख रुपैयाँ खर्च गरेको चालु आवका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए। नगरभित्र ७ सयको संख्यामा रहेको खरको छाना २ वर्षभित्रै हटाउने नगरप्रमुख थापाले बताए। तिनाउ गाउँपालिकाले विपन्न परिवारको खरको छाना परिवर्तनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ।

खरको छानोका कारण कष्ट बेहोरिरहेका विपन्न समुदाय यो कार्यक्रमले लाभान्वित भएका छन्।

पूर्वखोला गाउँपालिकाले पनि गत वर्ष ५४ विपन्न घरपरिवारमा दुई बन्डलका दरले निःशुल्क जस्तापाता सहयोग गरेकोमा यस वर्ष पनि १ सय घरमा खरको छाना हटाई जस्तापाता वितरण गरिएको प्रवक्ता नीरबहादुर सारूले बताए। माथागढी गाउँपालिकाले खरको छाना हटाउन १५ लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष सन्तोष थापाले बताए। तानसेन नगरपालिकाले बोटे र माझी बस्तीमा २ वर्षभित्र खरको छाना हटाउन बजेट विनियोजन गरेको छ। रम्भा गाउँपालिकाले पनि विपन्न परिवारमा निःशुल्क जस्तापाता वितरण कार्यक्रम राखेको छ। तिनाउ गाउँपालिकाले फुसको छानारहित गाउँपालिका बनाउन १० लाख रकम विनियोजन गरेको छ।

जिल्लाका स्थानीय तहहरूले गरिब समुदायलाई लक्ष्य गरी फुस तथा खरका छाना हटाउने कार्यक्रम बनाई बजेट नीतिमा समावेश गरेका छन्। स्थानीय तहमा सरकारको प्रत्याभूति दिलाउँदै विपन्न परिवारमा सुरक्षित आवास निर्माणका लागि गाउँ तथा नगरपालिकाले यो कार्यक्रम लागू गरेका हुन्। ग्रामीण बस्तीहरूमा फुस र खरका छाना भएका घर चुहिने, भत्किने, आगलागी हुने, हावाले उडाउने र प्रत्येक वर्ष छाना परिवर्तन गर्दा आर्थिक भार थपिँदै गएकोले जिल्लाका सबै स्थानीय तहबाट खरको छानामुक्त अभियान सुरु गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.