लुटेराको गोली लागि धनुषामा एक घाइते, सुनचाँदीसहित नगद लुटियो

जनकपुर : लुटेराकोसँग प्रतिकार गर्दा गोली लागेर धनुषामा एकजना घाइते भएका छन्। धनुषास्थित मिथिला नगरपालिका वडा नम्बर ८ जमुनिवास चोकका पुष्पलाल श्रेष्ठलाई लुटेराको समूहले गोली प्रहार गरेको हो।
घटना बिहीबार राति साढे १२ बजेको हो। कम्मरमुनी दुई गोली लागेका श्रेष्ठको अवस्था खतरामुक्त रहे पनि स्थिति गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
घरमा लुटपाट गर्न आएको करिब १५ जनाको समूहसँग श्रेष्ठ भिडेका थिए। लुटेराले उनको घरबाट साढे दुई लाख रुपैयाँ नगद, साढे ६ तोला सुन र १५ तोला चाँदी लुटेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
