बैंक छ, कारोबार छैन

बैंक छ, कारोबार छैन

भोजपुर : भोजपुरका नौवटै स्थानीय तहमा बैंक खुले पनि धेरैजसोले कारोबार सुरु गरेका छैनन् । जिल्ला सदरमुकामकेन्द्रित बैंकले आआफ्ना शाखा स्थानीय तहमा विस्तार गर्न ढिलाइ गरेकाले गत आर्थिक वर्ष कारोबार हुन नसकेको हो ।

आर्थिक वर्ष सकिन एक महिनाअघि मात्र बैंकका शाखा खुलेकाले कारोबार गर्न गाह्रो भएको साल्पासिलोछो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले बताए । चालू आव भने गाउँपालिका केन्द्र चौकीडाँडामा रहेको नेपाल बंगलादेश बैंकको शाखाबाट कारोबार गरिने उनको भनाइ छ ।

षडानन्द नगरपालिका केन्द्र दिङ्ला बजारमा राष्ट्रिय वाणिज्य बैंक, अरुण गाउँपालिका प्याउलीमा सेन्चुरी कमर्सियल, पौवादुङ्माको तिवारीभञ्जाङमा नेपाल इन्भेस्टमेन्ट, टेम्के मैयुङको अन्नपूर्णमा माछापुच्छ«े, रामप्रसाद राईको बैकुण्ठेमा एनआईसी एसिया, हतुवागढीको घोरेटार बजारमा प्रभु र आमचोकको बालंखामा सिद्धार्थ बैंक खुलेका छन् । बैंकका शाखा ढिलो खुलेका कारण गाउँपालिकाका करोडौंको योजनाका आर्थिक कारोबार अन्य जिल्ला सदरमुकामबाटै गर्नुपरेको जनाइएको छ । आमचोक गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार सिद्धार्थ बैंकबाट भइरहे पनि अझै चेक बोकेर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको सहलेखापाल केशव सोराली मगरले सुनाए ।

‘गाउँमै बैंकिङ सेवा पाएपछि स्थानीयलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘तर, अझै कतिपय कार्यालय संस्थागत कारोबारका लागि बैंकमा सेवा नहुँदा चेक बोकेर सदरमुकाम धाउनुपरेकै छ ।’

अधिकांश गाउँपालिकामा पुगेका बैंकको अघिल्लो आवका कारोबार शून्यप्रायः रहेको जनाइएको छ । भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र आमचोक गाउँपालिकाबाहेक ६ वटा स्थानीय तहका नागरिकले भने गाउँपालिकाको चेक बोकेर सदरमुकाम धाउने गरेका छन् ।

‘गाउँपालिका केन्द्रमा बैंक पुगे पनि गाउँपालिकाले कारोबार थालेको छैन’, टेम्के मैयुङ–३, अन्नपूर्णका डम्बर राईले भने, ‘गाउँ गाउँमा सिंहदरबार भनियो बैंकको चेक साट्न पाँच कोष पर सदरमुकाम नै पुग्नुपरेको छ ।’

पौवादुङ्मा तिवारीभञ्ज्याङमा नेपाल इन्भेस्टमेन्ट बैंकले गाउँपालिका केन्द्रभन्दा टाढा आफ्नो शाखा स्थापना गरेको छ । गाउँपालिका केन्द्र च्यांगे्रमा बैंक शाखा स्थापना नभएको भन्दै गाउँपालिकाले कारोबार गर्न नमानिरहेको जनाइएको छ । गाउँपालिकालाई लक्ष्य गरी बैंक खोलिए पनि कारोबार भने हुन नसकेको हो । च्यांग्रेमा अर्को बैंक ल्याउने तयारी रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.