निर्वाचन प्रमुख पिंकी रायको मृत्यु
बर्दिबास : जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पिंकी रायको मृत्यु भएको छ। मस्तिष्कमा ब्लड क्यान्सर भएकी उनको अपरेसनपछि उपचारकै क्रममा ज्यान गएको हो।
भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा भर्ना गरिएको उनको शुक्रबार साँझ ६ बजे हस्पिटलमै ज्यान गएको नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वअध्यक्ष तथा मठिहानी नगरपालिका मेयर हरिनारायण मण्डलले जानकारी दिए।
दिल्लीबाट उनको शव शनिबार साँझ ल्याइसक्ने जनाइएको छ। मधेशी समुदायबाट घुम्टो फाल्दैं नेतृत्व तहमा पुगेकी उनलाई देखेर अरु महिला दिदीबहिनी अघि बढ्ने प्रयास गर्दै गर्दा उनको करिब ३५ वर्षकै उमेरमा भएको मृत्युले मधेसी समुदायमा ठूलो क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस !