भारत-तिब्बत जोड्ने जमुनाहा-दुनै-मोरिम्ला सडक धमाधम बन्दै

भारत-तिब्बत जोड्ने जमुनाहा-दुनै-मोरिम्ला सडक धमाधम बन्दै

दुनै : भारतको जमुनाहा भन्सार जरुपैडिहा-दुनै हुँदै तिब्बतको सिमानामा पर्ने मोरिम्ला नाकासम्म सडक जोड्न २५ किलोमिटर पाँच सय मिटर मात्रै बाँकी छ। नेपाल-चीन सिमाना मोरिम्ला नाकादेखि दुनै हुँदै भारतको रुपैडिहा जोड्ने लक्ष्यअनुसार जाजरकोट-डोल्पा दुनै-मोरिम्ला सडक निर्माण भइरहेको छ।

डोल्पा सदरमुकाम दुनैदेखि चीनको तिब्बत-नेपाल सिमाना मोरिम्ला नाका जोड्ने सडकको कुल लम्बाइ १ सय २० किमि छ। मोरिम्ला नाका पुग्न सदरमुकाम दुनैबाट पैदल सात दिन लाग्छ।

नेपाल, भारत र चीनबीचको त्रिदेशीय सबैभन्दा छोटो व्यापारिक नाकाका रूपमा यो सडकलाई हेरिएको छ। मोरिम्ला नाका तीन देशको व्यापारिक नाका भए पनि सरकारले खासै महत्वका रूपमा नलिएको स्थानीय ओम रोक्का मगरको आरोप छ।

वर्षमा एक पटक १० दिनका लागि डोल्पाबट जाने यार्सागुम्बाका व्यापारीले व्यापार गर्छन्। १० दिनका लागि खुला गरिने मोरिम्ला र क्याटो नाकामा माथिल्लो डोल्पाका नागरिकले दैनिक उपभोग्य सामान खरिदसम्म गर्न पाउँछन्।

त्यसका साथै यी दुई नाकाबाट एक वर्षका लागि पुग्ने खाद्यान्नलगायत वस्तु ढुवानी गर्छन्।

अहिले सामान्य रूपमा लिए पनि कर्णाली प्रदेशलाई मात्र नभई मोरिम्ला नाकासम्म सडक सञ्जाल जोडियो भने नेपालकै छोटो त्रिदेशीय व्यापारि नाका बन्ने स्थानीयको आशा छ।

मोरिम्ला नाका चीन र नेपाल जोड्न सबैभन्दा सजिलो नाका भएकाले यसलाई सरकारले छिटो सडक सञ्जालमा जोडी आधिकारिक रूपमा व्यापारिक नाकाको रूपमा खुला गर्न डोल्पाका नागरिकले माग गरेका छन्।

‘मिडियालाई जानकारी नहुँदा ओझेलमा लोकमार्ग’

मिडियालाई जानकारी नदिएको र समन्वय नगरेका कारण यो उत्तर-दक्षिण लोगमार्ग त्यति प्रचारमा नआएको डोल्पाका सांसद तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले बताए।

डोल्पामा ५ सय मिटर उचाइमा मोटरसाइकल गुडिरहेका छन्, दुनैदेखि मरिम्ला बोर्डरसम्म १२० किमिमध्ये मोरिम्ला नाकादेखि यता ७० किमि नेपालको भूभागमा बाटो निर्माण भइसकेको छ।

दुनैदेखि माथि २५ किमि डिर्लिप प्रोजेक्टले निर्माण सम्पन्न गरेर पनि जिप गुडिरहेको छ। ‘९५ किमि सडक निर्माण भइसकेको छ, अब २५ किमि सडक निर्माण गर्न बाँकी छ’, राज्यमन्त्री बुढाले भने।

त्रिदेशीय मार्ग नाम दिइएको जाजरकोट-डोल्पा र दुनै-मोरिम्लासम्मको सडकको लम्बाइ २ सय ३८ किमि छ। जाजरकोट-डोल्पा सडक लम्बाइ ११७.७ किमि छ।

उक्त सडक डोल्पा दुनैसम्म जोडिन पाँच सय मिटर मात्रै बाँकी रहेको जाजरकोट डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जानकारी दिए।

बाँकी सडकखण्ड निर्माणका लागि अन्तिम भीरमा सेनाले काम गरिरहेको सेनाले जनाएको छ। ०७५ साल दसंैसम्म डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सेनाको लक्ष्य छ।

उत्तर-दक्षिण लोकमार्गलाई खाली डोल्पासम्म मात्र जोड्ने सडकका रूपमा नहेरी राज्यले गौरवका रूपमा हेरेको पूर्व शान्तिमन्त्री सत्य पहाडीले बताइन्।

डोल्पामा प्रचुर मात्रामा रहेका पर्यटकीय, जडीबुटीलगायतका सम्भावना प्नि छन् सडकलाई चीनसम्म जोडे जडीबुटी, स्याउ, सिमी, ओखरजस्ता स्थानीय उत्पादन निर्यातसँगै नेपालमा महँगो पर्ने सामान चीनबाट आयात गर्न सकिने उनको दाबी छ।

‘नेपालको राजस्व कार्यालय छैन’

डोल्पाको क्याटो र मोरिम्ला नाकामा चीनको अस्थायी राजस्व कार्यालय भए पनि नेपालको राजस्व कार्यालय स्थापना भएको छैन।

यार्सागुम्बा बिक्रीवितरण सिजनमा चीनले घोडा खच्चड चरिचरन, प्रवेश शुल्कलगायत बहानामा राजस्व उठाउने गरेको यार्सा व्यापारी बताउँछन्।

चीनको अस्थायी राजस्व कार्यालयले उक्त शुल्क उठाउने गरेको हो। नेपालको भने राजस्व उठाउने कुनै निकाय छैन। नाका खुलेको अवधिभर वस्तुलाई चरिचरन गराउनुपर्ने भएकाले धेरै शुल्क लिने गरेको राजभक्त रोकायाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.