कर्तव्य ज्यान मुद्दाका कैदी दिउँसै फरार
भद्रपुर : कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय भोग्दै आएका एक कैदी आइतबार दिउँसो कारागारबाट फरार भएका छन्। झापा, गौरादह नगरपालिका ८ का अन्दाजी २५ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनी तत्कालीन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षीया बालिका करणी गरेर मारेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए। कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी आइतबार दिउँसो भरयाङ्को सहायताले कारागारको पर्खालमा तानिएको बिजुली मर्मत गरेका थिए।
काम सकेर भरयाङ् नओरालेका कारण मौका छोपेर फरार भएको जिल्लाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले बताए। फरार माझीको खोजी भइरहेको प्रहरीले बताएको छ।