दुर्इ नाकाबाट नेपालबाट भारतमा पेट्रोल तस्करी

दुर्इ नाकाबाट नेपालबाट भारतमा पेट्रोल तस्करी

 लहान : नेपाल र भारतमा मूल्य अन्तर बढेपछि सिरहाबाट पेट्रोलियम तस्करी बढेको छ । सीमा क्षेत्रका अधिकांश पेट्रोल पम्पबाट पेट्रोलियम भारततर्फ तस्करी भइरहे पनि प्रहरीले नियन्त्रण गर्न चासो नदेखाएको जनाइएको छ।

भारतमा पेट्रोलको मूल्य प्रतिलिटर भारु ९२ ( नेरु १४७) पर्छ तर नेपालमा प्रतिलिटर १ सय १० रुपैयाँमा पाइन्छ। भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३७ रुपैयाँ २० पैसा सस्तो पर्छ। यही भएर पेट्रोलियम तस्करी मौलाएको जनाइएको छ।

जानकारका अनुसार एक बिचौलिया तीनदेखि चारवटा ठूला जर्किनमा १ सय लिटर पेट्रोल मोटरसाइकलमा राखेर सहजै भारतीय बजार पुग्छन्। एकपटकमा ३ हजार ७ सय रुपैयाँ कमाइ हुने जनाइएको छ। उनीहरू दैनिक १० पटक पेट्रोल भारतीय बजार पु¥याएर ३७ हजारसम्म आम्दानी गर्छन्।

सबैभन्दा बढी बरियापट्टी र ठाडीबाट पेट्रोल तस्करी भइरहेको स्थानीयको भनाइ छ। अन्य बाटो हिलाम्मे रहेका कारण बरियारपट्टी र ठाडीबाट सहजै बिचौलियाले पेट्रोल तस्करी गर्ने गरेको बरियारपट्टी गाउँपालिकाका सतेन्द्र यादवले बताए। ‘अहिले बरियारपट्टी नाका तस्करका लागि स्वर्गझैं बनेको छ’, उनले भने, ‘रातिको समयमा तस्करले ट्र्याक्टरबाट पेट्रोल भारत लैजान्छन्।’ प्रहरी मौन बस्दा तस्करको मनोबल बढेको उनको दाबी छ।

आम्दानीका कारण भारतीय नागरिक पेट्रोल तस्करीमा सक्रिय देखिएका छन्। नवराजपुरका देव यादवले पहिले स्याउ तस्करी गर्नेहरू अहिले पेट्रोलतर्फ लागेको बताए। ‘स्याउ लहान बजारबाट ल्याउनुपर्दा पक्राउ पर्ने डर बढी हुन्छ’, उनले भने, ‘तर, पेट्रोल सीमा क्षेत्रमै पाउने गरेका कारण जोखिम मोल्नुपर्दैन। त्यसैले स्याउ तस्कर पनि पेट्रोल तस्करीमा लागेका छन्।’

सिरहाका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले अहिले पेट्रोल तस्करी घटेको दाबी गरे। पर्याप्त सूचना अभावका कारण पनि पेट्रोल तस्करलाई समात्न नसकिएको उनको भनाइ छ। ‘तपाईंहरूसम्म सूचना आउँछ भने हामीलाई भन्नुस् न’, उनले भने। तस्करी रोक्न खोजे पनि अन्य काम गर्नुपरेकाले समस्या भइरहेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.