प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माबारे अदालतमा बहस

प्रहरी हत्याका अभियुक्त राज्यमन्त्री शर्माबारे अदालतमा बहस

महोत्तरी : मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माबारे महोत्तरी जिल्ला अदालतमा थुनछेकको बहस भइरहेको छ। 

राज्य मन्त्री शर्माको पक्षबाट तीनजना वकिलले बहस गरेका हुन् । जिल्ला अदालत जलेश्वरका अनुसार अधिवक्ताहरु रमेशकुमार पाण्डे, ज्ञानेन्द्रलाल कर्ण र देवेन्द्र ठाकुरले मन्त्री शर्माको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गरेका छन् । 

महोत्तरी जिल्ला अदालत एक नम्बर बेन्चका न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चमा शर्माको मुद्दाबारे बहस भइरहेको छ।

२०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीले महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । त्यही घटनाका प्रमुख दोषीकारुपमा शर्मा पनि मुछिएका थिए । 

विभिन्न सञ्चारमाध्यममा उनी फरार रहेको समाचार आएपछि अदालतमा हाजिर भएको उनले बताएका छन् । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनी हाजिर भएका थिए । 

शर्माका वकिल रमेशकुमार पाण्डेले सशस्त्र प्रहरी निरीक्षक हत्यामा उनको संलग्नबारे अदालतले ७० दिने म्यादीपूर्जी (समन) समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको जिकिर गरे । उनले पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि आफैँ अदालतमा हाजिर भएको दाबी गरे । 

वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माबारे बहस जारी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.