हत्या अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारखेमा रिहा

हत्या अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारखेमा रिहा

महोत्तरी : सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतमा साधारण तारखेमा रिहा गर्न आदेश दिएको छ । 

सोमबार बिहान अदालतमा उपस्थित भएपछि सोमबार दिनभर चलेको थुनछेकको बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने रिहा गर्ने आदेश दिएको हो । 

महोत्तरी जिल्ला अदालत एक नम्बर बेन्चका न्यायाधीश ब्रजेश प्याकुरेलले यस्तो आदेश दिएका हुन् । राज्य मन्त्री शर्माको पक्षबाट तीनजना वकिलले बहस गरेका थिए । जिल्ला अदालत जलेश्वरका अनुसार अधिवक्ताहरु रमेशकुमार पाण्डे, ज्ञानेन्द्रलाल कर्ण र देवेन्द्र ठाकुरले मन्त्री शर्माको पक्षबाट बहस गर्दै साधारण तारेखमा रिहा गर्नुपर्ने जिकिर गरेका थिए । 

२०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीले महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । त्यही घटनाका प्रमुख दोषीकारुपमा शर्मा पनि मुछिएका थिए । 

विभिन्न सञ्चारमाध्यममा उनी फरार रहेको समाचार आएपछि अदालतमा हाजिर भएको उनले बताएका थिए । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उनी हाजिर भएका थिए । 

शर्माका वकिल रमेशकुमार पाण्डेले सशस्त्र प्रहरी निरीक्षक हत्यामा उनको संलग्नबारे अदालतले ७० दिने म्यादीपूर्जी ९समन० समेत नपठाएकाले राज्यमन्त्री शर्मालाई घटनाबारे केही थाहा नरहेको जिकिर गरेका थिए । उनले पछि सञ्चारमाध्यममा उनको नाम आरोपीको सूचीमा रहेको जानकारी भएपछि आफैँ अदालतमा हाजिर भएको दाबी गरे । 

वकिल पाण्डेले जिल्ला प्रहरीले राज्यमन्त्री शर्माको म्यादी पूर्जी हराएकाले पठाउन नसकिएको अदालतलाई जानकारी दिएको बताए । पाण्डेका अनुसार अदालतको सम्मानका लागि आफैँ हाजिर भएका राज्यमन्त्री शर्माबारे बहस जारी छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.