भारतबाट अवैधरुपमा ल्याइएका ३२० कुखुरा नष्ट

भारतबाट अवैधरुपमा ल्याइएका ३२० कुखुरा नष्ट

नेपालगन्ज : भारतबाट अवैध रुपमा नेपालगन्जमा बिक्रीका लागि ल्याउँदै गरेका ३२० वटा ब्रोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० विद्युत रोडमा ९ वटा साइकलमा ल्याउँदै गरेको अवस्थामा मंगलबार बिहान ती कुखुरा ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीले ५ जनासहित नियन्त्रणमा लिएको थियो ।  

जिल्ला पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी तिलक आचार्यले ती कुखुराको तौल पाँच सय किलो भन्दा बढी रहेको बताए । उनले भने, ‘कुखुरा तस्करी गर्नेहरु प्रतिव्यक्ति १० हजार रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन् ।’

अवैध कुखुरा भने क्वारेन्टाइन कार्यालयले नष्ट गरेको छ । अवैध कुखुरा ओसार पसार वापत क्वारेन्टाइनले ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साइकल भने सीमा प्रहरी कार्यालय जैसपुरमा राखिएको छ । 

पछिल्लो समयमा भारतबाट अवैध ब्रोइलर कुखुरा र अण्डा नेपालगन्ज सहरमा ओसार्नेविरुद्ध प्रहरीले अभियान नै सन्चालन गरेर नियन्त्रण गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.