असई थमन हत्या प्रकरण: मेयर र राजपा महासचिव साधारण तारिखमा रिहा

असई थमन हत्या प्रकरण: मेयर र राजपा महासचिव साधारण तारिखमा रिहा

बर्दिबास : सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोग लागेका थप दुई अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले साधरण तारिखमा रिहा गरेको छ ।  हत्या अभियोग लागेका जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राजपा नेपालका केन्द्रीय महासचिव सुरेश पाण्डेयलाई अदालतले साधारण तारिखमा रिहा गरेको हो। 

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले थुनछेक सुनवाइ गर्दै भदौ ४ गते उपस्थित हुन आदेश गरेको रामान्नदप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुलाई मुलुकी ऐन अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम साधारण तारिखमा रिहा गरिएको हो ।

चार घण्टासम्म चलेको थुनछेक बहसले उनीहरुलाई साधारण तारिखमा रिहा गरेको हो । प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएर सोमबार सामान्य तारेखमा छुटेका थिए ।

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लानेक्रममा उम्बुलेन्सबाट थुतेर कुटपिट गर्दै हत्या गरिएको थियो । 

शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र र असई थमनका दाइ प्रेमबहादुर विकको जाहेरीले नेपाल सरकारवादी विरुद्ध सञ्जयकुमार साह समेत प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दामा उनीहरु आरोपी हुन् । 

असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुरले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.