यसरी हुन्छ मलमा कालोबजारी

यसरी हुन्छ मलमा कालोबजारी

गौशाला : महोत्तरीको गौशालामा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ। व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो। कृषि सामग्री कम्पनीमार्फत सहुलियत दरमा किसानलाई वितरण हुने युरियामा गौशाला बजारस्थित ताज ट्रेडर्सले ठगी गरेको किसानले बताएका छन्।

किसानको गुनासोपछि मंगलबार दिउँसो पत्रकार नै किसान बनेर जाँदा प्रतिबोरा मल १ हजार २ सयभन्दा तल बिक्री गर्न नसक्ने ट्रेडर्सका कर्मचारीले बताए। गौशाला–४ बिर्ताकी सुमित्रादेवी चौधरीले २ हजार ४ सय रुपैयाँमा दुई बोरा युरिया खरिद गरिन्। ‘८ सयमा पाउने मल मैले १ हजार २ सयमा किन्नुपरेको छ’, उनले भनिन्, ‘त्यो पनि हिजो नै बुकिङ गर्नुप¥यो।’

दुई बिघा खेतमा धान रोपेकी उनले दुई दिन गौशाला बजारमा भौतारिँदा मल पाएको उनले सुनाइन्। ‘यो देशमा मर्कामा पर्ने भनेको त किसान त हो नि ! उखु बिक्री गरेको पैसा डेढ वर्षमा पनि पाइन्न’, उनले भनिन्, ‘धानमा युरिया मल छर्न पनि ठगिनुपरेको छ।’

सर्लाहीको हरिपुर्वाबाट मल खोज्दै गौशाला आइपुगेका ५० वर्षीय रमेश साह पनि ठगिएका छन्। दुई बिघामा खेती गरेका उनले पनि सुमित्राले किनेकै भाउमा मल खरिद गरे। ताज ट्रेडर्समै मल किन्न पुगेका महोत्तरी सोनमा–४ खेस्राहाका ४० वर्षीय रामछविला यादव रित्तै फर्किए। ‘सात दिनअघि प्रतिबोरा ८ सयमा पाउने युरिया मल ४ सय रुपैयाँले बढेको छ’, उनले भने, ‘महँगीले त अकासै छोयो।’ अर्का किसान योगेन्द्रप्रसाद यादवले युरियामा भएको कालाबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरे।

गौशालाका मेयर शिवनाथ महतो, उपमेयर तथा अनुगमन समितिकी संयोजक आशा लामा पुग्दा ताज ट्रेडर्सका सञ्चालक इस्लाम अन्सारी मोटरसाइकल चढी फरार भए। तत्काल इलाका प्रहरी गौशालाको टोली र इलाका प्रशासन गौशालाका प्रमुख कामेश्वर यादव पनि ट्रेडर्समा पुगेका थिए।

गौशालाकी कार्यपालिका सदस्य अनुपियादेवी राउतले भनिन्, ‘व्यापारीले ठगी मात्र होइन, डकैती गरेको पाइयो।’ अन्सारीले मलको बिलबिजकसमेत देखाउन मानेनन्। ‘मेरो पसल त फलामको छ, मलखाद किनेको बिल मसँग छैन’, उनले भने।

व्यापारीलाई बारम्बार बिलबिजक जारी गर्न सार्वजनिक रूपमै आह्वान गरिएको गौशाला उद्योग वाणिज्य संघका सचिव सुनीलचन्द्र झाले बताए। भने, ‘कालोबजारी गर्ने व्यापारीलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्छ।’ यसबारे थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने उपमेयर लामाले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.