जाजरकोटमा बाढीले ९ घर बगायो, एकको मृत्यु

जाजरकोटमा बाढीले ९ घर बगायो, एकको मृत्यु

जाजरकोट : जाजरकोट नलगाड ७ मा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ। दाउरा निकाल्ने क्रममा खगेनकोट खोलाले बगाउँदा नलगाड ७ का ४० वर्षिय उमेश शाहीको बुधबार बिहान मृत्यु भएको हो।

दाउरा निकाल्ने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दानीपिपल भन्ने ठाँउबाट उनलाई बगाएकोमा ५० मिटर तल उनी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक रवीन्द्र सिंहले जानकारी दिए।

त्यस्तै मंगलबार रातिदेखि परेको अविरल वर्षापछि बुधबार बिहान जाजरकोटको झुम्रे (कैना) खोलामा आएको बाढीले ९ घर बगाएको छ। बाढीले  चार मिल, दुई दर्जन घट्ट, ६ घुम्ती पसल सहित सयौँ मुरी धानखेत बगाएको छ।

बाढीले नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्द, वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसी, शिवराज रावल, धनबहादुर वली, खिमबहादुर जैसी, दीपक विक, भक्तबहादुर चनारा, नरबहादुर रावल, कालीबहादुर रावलको घर बगाएको प्रहरीले जनाएको छ।

वडा नम्बर ४ का हिरालाल पन्त, वडा नम्बर ३ का प्रचण्ड वली, वडा नम्बर २ का सर्वजीत सुनार र वडा नम्बर २ का रामबहादुर विकको मिल बगाएको छ। वडा नम्बर ५ कालीमाटीमा रहेका ६ ओटा घुम्ती पसल समेत बगाएको प्रहरीले जनाएको छ। बाढीले दुई दर्जन घट्ट बगाएको छ।

बाढीले घवाराको झोलुङ्गेपुल र छेप्का कालीमाटी जोड्ने टस ब्रिज बगाएको छ। पुल बगाएपछि आवागमन बन्द भएको स्थानीय हासिलाल पन्तले बताए।

पुल बगाएपछि बारेकोट गाँउपालिका र जुम्ला जाने यात्रु अलपत्र परेका छन्। मानिसहरू वारपार गर्न सकिरहेका छैनन्। पन्तका अनुसार बाढीले खोला छेउका सयौँ रोपनी धान खेत समेत बगाएको छ। 'यति ठूलो बाढी आएको अहिलेसम्म देखेको थिइनँ', उनले भने 'गएराति आएको बाढीले करोडौको क्षति पुर्‍याएको छ।'

खोलाले अहिले पनि खेतहरू कटान गरिरहेको छ।

प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए।

बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन्। जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ। प्रभावित क्षेत्र सदरमुकामबाट १६ कोष पूर्वमा पर्छ।

बाढी आएको खोलाको सहायक खोला नलगाड ३ स्थित भदाले खोला केही बेरअघि माथिबाट आएको डिस्कोले थुनिएको छ। यदि उक्त स्थान फुटेमा तलतिरको क्षेत्रमा थप क्षति हुन सक्ने स्थानियवासी छवि पन्तले बताए।

बस्ती रहेको कालीमाटीदेखि थुनिएको क्षेत्र १० किलोमिटर माथि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.