कार्यालयकै कुर्सीमा लम्पसार वडाअध्यक्ष

कार्यालयकै कुर्सीमा लम्पसार वडाअध्यक्ष

बर्दिबास: महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाअध्यक्ष रामकिशोर साह सेवाग्राहीकै अगाडि कार्यालयकै कुर्सीमा मस्त सुतेको भेटिएको छ । 

कार्यालयकै कुर्सीमा निदाएका उनले टेबलमा खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका हुन् । सातामा मुस्किलले दुई दिन मात्र उपस्थित हुँदै आएका उनी आए पनि कार्यालयकै टेबल र कुर्सीमा आराम गर्ने गरेको सेवाग्रीले बताएका छन् ।

कार्यालयमा उनले समय नदिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । सेवामा ढिलाइ भएको भन्दा उनले उल्टै सेवाग्राहीलाई झपार्दै उनी भन्छन्, ‘चार वर्षसम्म कोही पनि बोल्न पाउँदैन ।’

जनताको करबाट तलब खाने वडाअध्यक्ष साहको इँटा उद्योग  छ । उनले धेरै समय वडा कार्यालय भन्दा उद्योगमै दिँदा सेवाग्राही मारमा पर्दै आएका छन् ।

गाउँ गाउँमा सिंह दरबारको नारा दिएपनि बिजपुराका नागरिकहरु विभिन्न ३६ प्रकारका सिफारिसमा वडाअध्यक्षको हस्ताक्ष्र गराउन उनलाई खोज्दै भोतारिनुपरेको छ ।
‘विहानदेखि साँझसम्म सेवा दिन्छु । थकाई लाग्छ । कुर्सीमै सुतेँ होला,’ वडा अध्यक्ष साहले भने, ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु ।’ 

सेवा दिएन गुनासो गर्नेहरुको नामसहित समाचार लेखिदिन उनले भन्दै थपे, ‘म सुतेको फोटो जसले खिचे । उसले त्यसको असरपछि बुझ्छ, मलाई केही मतलब छैन ।’ कुर्सीमा आराम गरेर आफूबाट गल्ती भएको उनले स्वीकार गरे । 

वडाअध्यक्ष साह स्थानीय नेपाल राष्ट्रिय नारायणी आधारभूत विद्यालय व्यवस्थान समितिका अध्यक्ष पनि हुन् । काम गर्दा थकाई लागे आराम गर्न कार्यालयमा आवश्यकता अनुसार आराम कक्ष निर्माण गर्न सेवाग्राहीले सुझाएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.