लडेर एकजनाको मृत्यु
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ डिभर्नामा लडेर एक जनाको मृत्यु भएको छ।
सन्धिखर्क १२ का ७० वर्षीय टेकबहादुर सार्कीको बाटोमा लडेर मृत्यु भएको हो। लडेर गम्भीर घाइते भएका सार्कीको उपचारको लागि बुटबल लाने क्रममा बाटोमै मृत्यु भएको सन्धिखर्क-१२ का वडा अध्यक्ष नारायण खड्काले जानकारी दिए।
मध्यरातमा लडेका सार्कीलाई अर्कोदिन दिउँसोमात्र स्थानीयले भेट्टाएर उपचारका लागि अस्पताल लगेका थिए। सन्धिखर्कमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि बुटबल रिफर गरिएको थियो।