महाकाली लोकमार्ग सडक अबरुद्व

महाकाली लोकमार्ग सडक अबरुद्व

दार्चुला : शुक्रबार रातिको अबिरल बर्षाका कारण महाकाली राजमार्गको गोकुलेश्वर दार्चुला सडकखन्डको ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छेलेक, महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु, चुने, बेत, उडै लगायत झन्डै आधा दर्जन ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो ।  तेर्छेलेकमा मेसिन लगाएर पहिरो पन्छाइएसंगै सडक सुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिए  ।

राजमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको छ । पहिराको कारण शनिबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर, धनगढी र काठमाडौं जाने बसहरु सडक अवरुद्ध भएपछि सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहान सदरमुकामबाट बाहिरिएका सवारी साधनहरु खलंगा फर्कीएको प्रहरीले जनाएको छ ।   

ठाउँठाउँमा सडक अवरुद्ध भएर छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

स्काभेटर मेसिन लगाएर सडक खुलाउँने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गत सोमबार मालिकार्जुन ३ तेर्छेलेकमा पहिरो गएर तीनदिनसम्म सडक अबरुद्ध भएको थियो । यसैबीच राजमार्ग अन्तरगत बिभिन्न खोलाहरुमा पानीको सतह बढेर हिडडुल गर्न समेत समस्या भएको यात्रु भागरथी सामन्त्ले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.