दुई नगरपालिकाका जनपक्षीय निर्णय

दुई नगरपालिकाका जनपक्षीय निर्णय

विराटनगर : मोरङका बेलबारी र सुन्दरहरैंचा नगरपालिकाले डेढ दर्जन बढी शीर्षकमा कर नलिने भएका छन्।

पञ्चेबाजा दर्ता, अपांगता भएका व्यक्तिको सिफारिस, सहकारी संस्था नवीकरण तथा दर्ता, आगलागीको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराइ, विवाहदर्ता, सम्बन्धविच्छेदमा कर नलाग्ने निर्णय भएको हो। विदेशमा मृत्यु भएका व्यक्तिको सिफारिस, अल्पसंख्यक, दलित, गरिब, पिछडा वर्गका लागि नारिकता सिफारिस, सबै प्रकारका अनुसूची फारम, दमकल, इन्टरनेट, एम्बुलेन्स, औषधिसमेतमा कर नलाग्ने भएको जनाइएको छ। बेलबारी नगरपालिकाले उपचारको सिफारिस, सामुदायिक विद्यालय, गुम्बा र सार्वजनिक गुठीमा कर नलिने प्रवक्ता योगेन्द्र सुवेदीले जानकारी दिए।

उनका अनुसार नगरपालिका हुनुभन्दा अघि बनेका संरचनामा ५० प्रतिशतले छुट गरिएको छ। घरबहाल करमा पनि आठ प्रतिशतले छुट दिइएको छ। यसअघि लिँदै आएको कुनै कर वृद्धि नगरिएको पनि उनले सुनाए। ‘स्थानीय तहले करवृद्धि गरेको भनेर चौतर्फी विरोध भइरहेको छ। बेलबारीमा भने कुनै पनि करमा वृद्धि गरिएको छैन’, उनले भने, ‘हामीले भने धेरै शीर्षकमा कर नलिने निर्णय गरेका छौं। लिइएकामा पनि ५० प्रतिशतसम्म छुट छ।’

सुन्दरहरैंचाका प्रमुख प्रशासकीय अधिकृत जीवनप्रसाद आचार्यका अनुसार महिलाका नाममा दर्ता भएको व्यवसायमा २० प्रतिशत, विद्यार्थीका लागि गरिने सिफारिसमा ५० र २५ लाखसम्मको उद्योग सिफारिसमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। चारकिल्ला सिफारिस, जग्गा नामसारीमा ५० रुपैयाँ तोकिएको छ। सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई पोषण भत्ताको व्यवस्थासमेत गरिएको उनले सुनाए।

पर्यटकीय क्षेत्र हसिना सिमसारको स्तरोन्नतिको काम पनि भइरहेको उनको भनाइ छ। विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा जडानलाई तीव्रता दिएको जनाइएको छ। राष्ट्रपति चुरे संरक्षणअन्तर्गत वासुकी पोखरी निर्माणका साथै झुल्के जलाधार क्षेत्रको विकास र कालीखोलामा पूर्वाधार निर्माणमा ध्यान दिइएको आचार्यले बताए। सुन्दरहरैंचाका मेयर शिव ढकालले नगरभित्र तीनवटा गुम्बा, दुईवटा मस्जिद र सातवटा ग्रामथान निर्माण भएको सुनाए।

घटना दर्ता निःशुल्क

झापाको गौरादह नगरपालिकाको एक वडाले निःशुल्क सिफारिसको व्यवस्था मिलाएको छ। भदौ १ गतेदेखि लागू हुने गरी व्यक्तिगत घटना दर्ता सिफारिसमा कुनै शुल्क नलिइने वडा कार्यलयले जनाएको छ। वडा कार्यलयले जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाइसराइ, सम्बन्धविच्छेद दर्ता र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति सिफारिस गरेको शुल्क नलिने निर्णय गरेको हो। यसका लागि ३५ दिनभित्र घटना दर्ता गर्नुपर्ने वडाध्यक्ष धनपति सुवेदीले बताए।

अन्य सिफारिसमा भने न्यूनतम शुल्क तोकिएको वडाध्यक्ष सुवेदीको भनाइ छ। नागरिकता सिफरिसमा २ सय २०, नाता प्रमाणित नेपालीमा ४ सय ४०, नाता प्रमाणित अंग्रेजीमा ५ सय ५०, घरबाटो प्रमाणित ५ सय, चारकिल्ला सिफारिस ६ सय र मूल्य नखुलेको सिफारिसका लागि २ सय २० तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.