नेकपाको समायोजन : कैलालीमा तीब्र असन्तुष्टि

नेकपाको समायोजन : कैलालीमा तीब्र असन्तुष्टि

धनगढी : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भइहेको एकीकरणबारे कैलालीमा तीब्र असन्तुष्टि देखिएको छ । कैलालीमा पार्टीको पद्दतिविपरित समायोजन भएको भन्दै ब्यापक असन्तुष्टि देखिएको हो । कैलालीको नेतृत्व तत्कालिन नेकपा एमालेको भागमा र सचिव माओवादी केन्द्रको भागमा परेको छ ।

दुवै पार्टीले गठन गरेको कार्यदलले कैलालीबाट अध्यक्षका लागि पार्टीका जिल्ला सचिवलाई बाइपास गरेर पुराना नेता दिनेशचन्द्र सुवेदीको नाम सिफारिस गरेपछि असन्तुष्टि देखिएको हो । 

कैलालीमा तत्कालिन एमालेका पार्टी अध्यक्ष दीर्घ सोडारी प्रदेशका सामाजिक विकास मन्त्री भएका छन् भने पार्टीका उपाध्यक्ष रतन थापा प्रदेश सभा सदस्य भएका छन् ।

यस्तै पार्टीका सहसचिव नेपालु चौधरी समेत प्रदेश सभा सदस्य भइसकेका छन् । अहिले एकीकृत पार्टीको अध्यक्षका लागि निर्विकल्प पार्टी सचिव रणबहादुर चन्द हुँदाहँुदै प्रदेश सचिवालयका सचिवलाई पार्टी अध्यक्षको जिम्मेवारी दिन लागिएपछि कैलालीका चार केन्द्रीय सदस्य नै रुष्ट भएका हुन् । सुवेदी एमालेको प्रदेश सचिवालयका सचिव हुन् ।

‘पार्टीको जिल्ला कमिटिका अध्यक्ष, उपाध्यक्ष र सहसचिवले मन्त्री र प्रदेश सभा सदस्यको स्थान पाइसकेपछि पार्टीको जिम्मा अहिलेसम्म लाभको कुनै पनि पदमा नबसेका पार्टी सचिव रणबहादुर चन्दले पाउनु पर्थ्यो, तर कार्यदलले पार्टीको पद्दती विपरित सिफारिस गर्‍यो,’ एमालेका केन्द्रीय सदस्य दीपकप्रसाद देवकोटाले भने ।

चन्दलाई यसअघिको स्थानीय तहको चुनावमासमेत धनगढी उपमहानगरपालिकाको मेयरमा पनि टिकट दिइएको थिएन । मेयर पदका प्रवल दाबेदार चन्दको सट्टा जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद जोशीलाई मेयरको टिकट दिइएपछि स्थानीय तहमा जितेको एमाले तेस्रो पोजिसनमा पुगेको थियो ।

नेकपाले प्रदेश ७ को पार्टी एकीकरणका लागि तत्कालिन एमालेका प्रदेश संयोजक भीम रावल र सह संयोजक कर्णबहादुर थापा, तत्कालिन माओवादी केन्द्रका ईञ्चार्ज लेखराज भट्ट र सह ईञ्चार्ज लक्ष्मीदत्त जोशी सम्मिलित चार सदस्यीय कार्यदल बनाएर जिल्ला कमिटी मिलाउने जिम्मा दिएको थियो ।

एमाले केन्द्रीय सदस्य देवकोटाले चारजना केन्द्रीय सदस्यहरु महेश्वर पाठक, लिला भण्डारी, आफु र नारदमुनि रानाले पार्टी अध्यक्षमा रणबहादुर चन्दको नाम सिफारिसका लागि लिखित अनुरोध गरेपनि कार्यदलले उक्त सुझाव लत्याएको बताए । 

‘पार्टीका लागि अहोरात्र खटेर लागेपनि अहिले आएर ममाथि अन्याय भयो, लाभको पदमा अहिलेसम्म बसेको छैन, तर पार्टीको जिम्मेवारी नदिँदा दुःख लागेको छ’ चन्दले भने । 

चन्द साविकको एमालेमा केपी ओली पक्षधर हुन् । उनलाई नेपाल पक्षधर रहेका प्रदेश इञ्चार्ज भीम रावलले यसअघि पनि टिकटबाट बञ्चित गरेको चर्चा चलेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.