महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा सवारी बन्द
महेन्द्रनगर : केहीदिनदेखिको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्लामा लगातार पानी पर्ने क्रम नरोकिएपछि महाकाली नदीमा पानीको बहाव बढेको हो। आइतबार बिहान साढे ९ बजेको मापन अनुसार पानीको बहाव १ लाख ४५ हजार ८ सय ४२ क्यूसेक पुगेको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक करणसिंह धामीका अनुसार बिहान पानीको बहाव बढ्ने क्रम जारी छ । पहाडमा पानी पर्ने क्रम जारी रहेकाले त्यहाँको पानी तराईसम्म आइपुग्नसम्मसमय लाग्ने हुँदा दिउँसा अझै बढ्न सक्ने देखएिको छ ।
तराई क्षेत्रमा समेत पानी परिरहेको छ । जिल्ला आपत्तकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पानीको बहाव शनिबार देखि नैै बढ्ने क्रममा रहेको छ । पानीको बहाव बढेसँगै भारतीय पक्षले महाकाली नदीस्थित बनवासा पुलमा चारपाङ्ग्रे सवारीका साधनको आवागमन बन्द गरेको छ । आइतबार बिहानैदेखि सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ । पैदलयात्रु र मोटरसाइकल बाहेकका सवारी बन्द गरिएका छन् ।
पुलको सुरक्षाको कारण देखाउदै भारतीय पक्षले नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि चारपाङ्ग्रे सवारीका साधनको आवागमन बन्द गराउदै आएको छ ।सवारी आवागमन बन्द भएपछि आवत–जावत गर्ने यात्रुहरु बीच बाटोमै रोकिएका छन्् ।
प्रतिक्रिया दिनुहोस !