निर्मला हत्याको विरोधमा  प्रदेशभरि प्रदर्शन

निर्मला हत्याको विरोधमा  प्रदेशभरि प्रदर्शन

प्रदेश ७ ब्युरो

धनगढी : निर्मला पन्तका हत्यारा पत्ता लगाई कारबाही माग गर्दै कञ्चनपुर केन्द्रित रहेको आन्दोलन शनिबार कैलालीसहित प्रदेशका पहाडी जिल्लामा पनि सुरु भएको छ । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा दिनभरि कफ्र्यु लागे पनि पूर्व–पश्चिम राजमार्गको गुलरियादेखि भाँसीसम्मको क्षेत्रमा शनिबार पनि दिनभरि प्रदर्शन भयो ।

प्रदर्शनमा विभिन्न विद्यालयका छात्रछात्रा र स्थानीयको सहभागिता थियो । कैलालीमा पनि आन्दोलन सुरु भएको छ । प्रदेश ७ कै प्रवेशद्वार रहेको अत्तरिया बजारमा स्वस्फूर्त रूपमा स्थानीयले शनिबार बिहानैदेखि नाराजुलुस गर्दै बजार र यातायात बन्द गराए ।

अत्तरिया बजार बन्द गरियो भने अत्तरियामै यातायात बन्द भएपछि कैलाली र कञ्चनपुरबाट प्रदेश ७ को पहाडी जिल्लातिर चल्ने यातायात ठप्प भए । संघीय राजधानी र पूर्वी रुटमा चल्ने सवारीसाधन पनि बन्द भए । अत्तरियामा विद्यार्थीसहित स्थानीयले नाराबाजी गर्दै जुलुस निकालेका छन् ।

उता, डोटीमा समेत प्रदर्शन भएको छ । हत्यारा पहिचान गरी कारबाही माग र कञ्चनपुरमा शुक्रबार भएको गोलीकाण्डको विरोधमा ¥याली निकालिएको हो ।

डोटीका नागरिक अगुवाले निकालेको ¥यालीले बजार परिक्रमा गरी विरोधसभासमेत ग¥यो । हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी सजाय दिनुपर्ने माग उनीहरूको छ । महिलाअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थासमेत प्रदर्शनमा सहभागी थिए ।

१३ वर्षीया बालिकाको दिनदहाडै बलात्कारपछि हत्या गरिएको भन्दै अहिलेसम्म अपराधी पक्राउ नपरेकोमा तत्काल अपराधी पत्ता लगाउन माग गरिएको छ ।

बैतडीको मेलौली नगरपालिकाका महिलाले पनि दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै मेलौली बजारमा नारा–जुलुससहित प्रदर्शन गरेका छन् । मेलौली मन्दिरदेखि सुरु भएको जुलुसमा महिलाले बलात्कारीलाई फाँसी दिनुपर्ने, महिलामाथि हुने हिंंसा अन्त्य हुनुपर्नेलगायत नारा लगाएका थिए ।

कञ्चनपुरमा भइरहेको आन्दोलनको समर्थन गर्दै दोषीलाई कारबाही हुनुपर्ने मागसहित आफूहरूले विरोध प्रदर्शन गरेको महिला सञ्जालका अध्यक्ष रुबि नायकले बताइन् । महिला हरेक क्षेत्रमा हिंसामा परेकाले उनीहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आफूहरूको माग रहेको महिलाले बताएका छन् ।

डडेलधुरामा गरिएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरिएको छ । बागबजारमा निकालिएको स्थानीयको जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताले कञ्चनपुरमा निर्दोष जनतामाथि गोली बर्साएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा माग गरे ।

निर्मला हत्याको विरोध र गोलीकाण्डको विरोधमा प्रदेशभरि गरिएको प्रदर्शन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.