तलब भत्ता र भ्रमणमै २० करोड

तलब भत्ता र भ्रमणमै २० करोड

काठमाडौं : आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरूको सुविधामा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरूका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ रुपैयाँ लाख सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा राज्यकोषको यति धेरै रकम खर्च भएको दाबी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको छ।

अहिलेका मन्त्रीहरूले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। अहिले मन्त्रीहरूको संख्या विगतका मन्त्रिपरिषद्भन्दा थोरै भएकाले समग्र खर्चमा अब कमी आउने प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले दाबी गरे। प्रधानमन्त्री कार्यालयका अनुसार सकेसम्म भ्रमण व्ययभार घटाउने गरी एक वर्षमा सरकार प्रमुख र मन्त्रीहरूको तलब भत्तामा ११ करोड ४१ लाख ८० हजार रुपैयाँ खर्च भएको छ। मन्त्रीहरूको जिल्ला भ्रमणमा ३ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ भने विविध शीर्षकमा नै २ करोड २८ लाख रुपैयाँ व्यय भएको छ।

सरकार प्रमुख र मन्त्री (भीआईपी)का सवारीसाधनका लागि इन्धनबापत् १ करोड २९ लाख २६ हजार रुपैयाँ खर्च भएको छ। महँगी भत्ताबापत् उनीहरूले ३९ लाख ५३ हजार लिएका छन्। मन्त्रीको सचिवालय व्यवस्थापनमा ३४ लाख ३५ हजार, सञ्चारमा १९ लाख ११ हजार, पोसाक भत्तामा १४ लाख १० हजार, सञ्चालन तथा मर्मतसम्भारमा ८६ लाख ६४ हजार रुपैयाँ खर्च गरेका छन्।

 अहिलेका मन्त्रीहरूले पनि जिल्ला भ्रमण गर्ने क्रम बढाएपछि राज्यकोषको रकम भ्रमणमा धेरै खर्च हुन थालेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्रीले मासिक तलबबाहेक महँगी भत्ता २ हजार, ३ सय ६ लिटर पेट्रोल बराबरको रकम, ४० लिटर मोबिल, मासिक ५ हजार सञ्चारका लागि र मासिक १० हजार रुपैयाँ अतिथि सत्कार सुविधाबापत् पाउँछन्। यसैगरी उपप्रधान तथा मन्त्रीहरूले तलबबाहेक मासिक २ हजार महँगी भत्ता, २ सय ३८ लिटर पेट्रोल, मसलन्दबापत् ३ हजार, अतिथि सत्कारका लागि ४ हजार रुपैयाँ पाउँछन्। जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री र मन्त्री दुवैले दैनिक ३ हजार रुपैयाँ भत्ता पाउँछन्।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको तलब राज्यमन्त्री बराबर ५७ हजार ७ सय ८० रुपैयाँ छ। स्वकीय सचिवालयमा रहने अन्य कर्मचारीको दैनिक भत्ता १५ सय देखि ३ हजार रुपैयाँसम्म छ। प्रधानमन्त्री र मन्त्रीको स्वकीय सचिवालयमा रहने कर्मचारी तथा सल्लाहकारले पनि धेरै सुविधा लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रीहरूको अनुगमन भ्रमण शीर्षकमा विनियोजित ३ करोड ३५ लाख रुपैयाँ सबै घुमघाममै सकिएको छ।

 

सरकार प्रमुख र मन्त्रीहरूको तलब भत्ता र भ्रमण खर्च

शीर्षक    खर्च रुपैयाँ

तलबमा    ११ करोड ४१ लाख ८० हजार

भ्रमण    ३ करोड ३५ लाख

इन्धन    १ करोड २९ लाख २६ हजार

कार्यालयसम्बन्धी खर्च    ३४ लाख ५२ हजार

सञ्चार खर्च    १९ लाख ११ हजार

महँगी भत्ता    ३९ लाख ५३ हजार

पोसाक भत्ता    १४ लाख १० हजार

सञ्चालन तथा मर्मतसम्भार    ८६ लाख ६४ हजार

विविध खर्च    २ करोड २८ लाख


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.