यसरी चोरियो आमाकै काखबाट ७ महिनाकी छोरी

यसरी चोरियो आमाकै काखबाट ७ महिनाकी छोरी

बर्दिबास : महोत्तरीको औरही नगरपालिका-१ औरहीबाट एक शिशुलाई अपरिचित व्यक्तिले चोरेर लगेका छन् ।औरही बजारको एक फेन्सी पसलबाट स्थानीय सन्तोष चौधरीकी ७ महिने छोरी सोनालीलाई लिएर फरार भएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले जानकारी दिएका छन् ।

 आइतबार साँझ साँढे ६ बजेतिर सन्तोषकी श्रीमतीले आफ्नै फेन्सी पसलमा छोरीलाई साथै राखेर व्यापार गरिरहेकी थिइन । पसलमा आएका ग्राहकलाई समान बिक्री गर्दैगर्दा छोरी चोरिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। 

बच्चा लिएर चोरी गर्नै पुरुष रहेको पसलमा जडान भएको सीसीटीभी क्यामराको फुटेजमा देखिन्छ ।  चोरीएको बच्चाको खोजी कार्य तीब्र पारिएको छ । बच्चा चोरी गर्ने व्यक्तिको पहिचान भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि गौशाला, सितापुर भंगहा र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली खटाएर बच्चा र बच्चा चोरी गर्ने व्यक्तिको खोजी भइरहेको छ । 

चार बर्षको छोरापछि छोरी जन्मिएपछि सन्तोषको परिवार निकै खुसी थियो । छोरी चोरी भएपछि परिवारमा रुवाबासी चलिरहेको छ । आइतबारदेखि उनीहरुको घरमा चुल्हो बलेको छैन् । 
 ‘काखमा बच्चा च्यापेर पसलबाट लिएर गएको सीसीटीभी क्यामरामा देखिएको छ,’ महोत्तरीका एसपी ईश्वर कार्कीले भने,‘महोत्तरी, धनुषा, सर्लाही सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।’

एक बालकको शव फेला 

यसैबीच महोत्तरीको भंगहा नगरपालिका-४ स्थित रातु खोला किनारमा एक शिशुको शव स फेला परेको छ । सोमबार बिहान रातु खोलामा आएको बाढीमा बगेर शव आएको देखिएको एसपी कार्कीले बताए । बच्चाको शव धेरै अघिको जस्तो देखिएकाले मृत बच्चाको कतै गाडेको शव खोलाले बगाएर ल्याएको हुन सक्ने एसपी कार्कीले बताए । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.