डोटीमा गाईजात्राको रौनक (तस्बिरसहित)

डोटीमा गाईजात्राको रौनक  (तस्बिरसहित)

सिलगढी (डोटी) : डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आइरहेका नेवार समुदायले सोमबार गाईजात्रा भव्यरुपमा मनाइरहेका छन्। प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएदेखि यो जात्रा मनाउन थालिएको हो।

विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्व यहाँका नेवार समुदायले पनि मनाउँदै आइरहेका छन्। दु:ख बिर्साउनका लागि यो जात्रा मनाउन थालिएको बताइन्छ। मृत्यु भएको वर्षदिन नपुगेका  व्यक्तिको सम्झना र आफूमा परेको दु:ख बिर्सिनका लागि गाईजात्रा निकाल्ने गर्दछन्।

'सांस्कृतिक परम्पराको रुपमा गाईजात्रा मनाउँदै आइएको छ', नेवार समुदायका अगुवा गोबिन्द श्रेष्ठले भने, ' वर्षभरी जसको घरका सदस्यको मृत्यु भएको छ, सोही घरबाट गाईजात्रा निकाल्ने र  आकर्षक झाँकीका साथ गाईको मूर्ति बनाई बजार परिक्रमा गर्ने गरिन्छ।' उनले भने,' परिक्रमा पश्चात् जिल्ला प्रशासनको परिसरमा गई पूजाआजा गरिन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.