पैसा लिए, जग्गा दिएनन् : श्रीकिसुन मुसहर, जो ७ वर्षदेखि न्याय खोज्दैछन्

पैसा लिए, जग्गा दिएनन् : श्रीकिसुन मुसहर, जो ७ वर्षदेखि न्याय खोज्दैछन्

बर्दिबास : जग्गाधनीले रकम लिए पनि घडेरी पास नगरिदिएपछि महोत्तरीको भंगहा–५ का श्रीकिसुन मुसहर न्याय माग्दै भौतारिरहेका छन्।

बल्लतल्ल जोडेको एक कट्ठा घडेरी पनि जग्गाधनीले रकम लिएर पास नगरेपछि सात वर्षदेखि न्यायको खोजीमा रहेको उनले सुनाए। जिल्ला अदालतका खरिदार राजकरण साहसँग उनले २०६८ साल जेठ २८ गते १ लाख ५० हजार रुपैयाँमा घडेरी खरिद गरेका थिए। पछि जग्गा रजिस्ट्रेसन पास गरिदिने भन्दै साहले मुसहरलाई कपाली कागज गरिदिएको जनाइएको छ।

उनी जग्गा पास गराइदिन सरकारी निकायमा कपाली कागज लिएर भौतारिरहेका छन्। जग्गा पास गरिदिन आग्रह गर्दा जग्गाधनी साहले ‘घर उखेलेर भगाइदिने’ धम्की दिने गरेको पीडितको भनाइ छ। ‘जग्गा पास गरिदिनु न मालिक’ भन्दा उल्टै साहले दुईपटक प्रहरी लगाएर अनाहकमा दुःख दिइसकेको उनले सुनाए।

उनका अनुसार डेढ लाखमा खरिद गरेको जग्गा रेलवेनजिकै परेपछि अहिले ३० लाखदेखि ३५ लाखमा बिक्री भइरहेको छ। यही कारण जग्गाधनीले जग्गा पास गर्न नमानिरहेको उनको दुखेसो छ।

भंगहा नगरपालिकाको न्यायिक समितिमा जेठमा यसबारे उजुरी दिए पनि सुनुवाइ नभएको उनले सुनाए। भंगहा–५ का वडाध्यक्ष शिवकुमार महतोले चाँडै पीडितको समस्या समाधान गरिने बताए।

जग्गाधनी साहले भने ‘अदालतमा मुद्दा दिएर जग्गा लिओस्’ भन्दै फोन सम्पर्क टुटाए। आफूले जोडेको जग्गा बिक्री गरेर पनि मुद्दा लड्न नपुग्ने पीडितको भनाइ छ। जिल्ला अदालतका निमित्त स्रेस्तेदार महेन्द्र झाले खरिदार साहलाई सोधपुछ गरेर जग्गा पास गराउन पहल गरिने बताए।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पुस्तौंदेखि जग्गाविहीन मुसहरजस्तो समुदायले कमाएर जग्गा किन्नु ठूलो उपलब्धि भएको बताए। ‘जग्गा पास गराउन पहल गर्छु’, उनले भने, ‘पीडितलाई चाँडै न्याय मिल्नेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.