बालिका हत्याका दोषीलाई पक्राउ नगरेको विरोधमा औरहीवासी आन्दोलित

बालिका हत्याका दोषीलाई पक्राउ नगरेको विरोधमा औरहीवासी आन्दोलित

महोत्तरी : बालिका हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा स्थानीयवासीहरूले बर्दिवास-औरही-जलेश्वर सडकखण्ड ठप्प पारेका छन्। बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रेका औरहीवासीले दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

स्थानीयवासीको आन्दोलनमा समर्थन जनाउँदै औरही उद्योग वाणिज्य संघले बजार बन्दको नेतृत्व गरेको छ। बजार, पसल तथा कलकारखाना बन्द छन्।

बालिका अपहरण गरी हत्या गर्नेको पहिचान गरी प्रहरीलाई जानकारी दिएको चार दिन बितिसक्दा पनि उनलाई पक्राउ गरी छानबिन गर्ने तर्फ प्रहरीले चासो नदिएको आरोप स्थानीयबासीको छ।

एक व्यक्तिले बालिकालाई बोकेर लगिरहेको सीसीटीभी फुटेजमा देखिन्छ। उक्त भिडियो प्रहरीलाई दिँदासमेत दोषीलाई पक्राउ नगरिएको औरही उद्योग वाणिज्य संघका अध्यक्ष सर्वण चौधरीले बताए।

प्रहरी प्रशासन अत्यन्त निरीह देखिएको उनले बताए। 'सीसी क्यामेरामा कैद भएको फुटेजका आधारमा दोषी पहिचान गरेर प्रहरीलाई दिइसक्दा पनि छानबिनका लागि पक्राउ नगर्नु दुखद् छ', चौधरीले भने, 'त्यसैको विरोधमा बन्द र आन्दोलन गर्नुपरेको हो।'  

स्थानीय नागेन्द्रप्रसाद साहले जघन्य घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरुन्जेल आफूहरूले विरोध गर्ने बताए।

आइतबार साँझ औरही नगरपालिका-१  का सन्तोष चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला अपरिचित व्यक्तिले अपहरण गरेका थिए। सोमबार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो। मृतक बालिकाको शव कपडा यत्रतत्र फालेको र शरीरमा घाउचोट भएको अवस्थामा भेटिएको थियो।

मृतकका बाबु सन्तोष चौधरीले सीसी टिभी फुटेजका आधारमा आफ्नी छोरीलाई अपहरण गर्ने व्यक्ति महोत्तरी हतिसर्वाका जमुनियाका २५ वर्षीय भरत साह भएको दावी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.