लेनिन विष्ट विमानस्थलमा किन रोकिए ? गृहले दियो यस्तो जवाफ

लेनिन विष्ट विमानस्थलमा किन रोकिए ? गृहले दियो यस्तो जवाफ

काठमाडौं : गृह मन्त्रालयले ‘पूर्व अयोग्य लडाकु’ लेनिन विष्टलाई उनकै सहकर्मीको उजुरीका आधारमा थाइल्यान्ड प्रस्थान अनुमति नदिएको बताएको छ । प्रधानमन्त्री कार्यालयले विष्टलाई कसको आदेशमा किन र कसरी थाइल्यान्ड जानबाट रोक लगाइएको हो भन्ने लिखित जवाफ २४ घण्टाभित्र दिन गृहलाई पत्राचार गरेपछि उसले मंगलबार पत्र पठाउँदै त्यस्तो बताएको हो ।

भदौ ५ मा विष्टकै १५ सहकर्मीले आफूहरूको नाम बिकाएर विष्टले केही समययता आर्थिक आर्यआर्जन गरिरहेको र त्यही प्रयोजनका लागि थाइल्यान्ड जान खोजेकाले अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी निवेदन बुझाएका थिए । त्यही उजुरी र उनको विगतको पृष्ठभूमिलाई आधार बनाएर अनुसन्धानका लागि थाइल्यान्ड प्रस्थान अनुमति नदिइएको गृहले प्रधानमन्त्री कार्यालयलाई जवाफ पठाएको छ ।

गृहले अध्यागन कार्यविधि–२०६५ को परिच्छेद ३ को खण्ड ३ (१)को ३ मा भएको व्यवस्थाका आधारमा उनलाई रोक लगाइएको जवाफ प्रधानमन्त्री कार्यालयलाई पठाएको छ ।

नेपाली नागरिकका लागि बनाइएको कार्याविधिको उक्त दफामा अध्यागमन अधिकृतले पेस भएका कागजात र अन्य विषय शंकास्पद लागेमा प्रस्थान अनुमति नदिने उल्लेख छ । सोही कार्याविधिको दफामा टेकेर विष्टलाई थाइल्यान्ड जानबाट रोक लगाइएको गृहले बताएको छ ।

विष्ट ‘युथ इन कन्फ्लिटः हेलिङ एन्ड पिस–बिल्डिङ थ्रो सोसियल इन्गेजमेन्ट’ विषयक कार्यक्रमका लागि भदौ ८ मा बैंकक जान खोजेका थिए । त्यहाँ उनले द्वन्द्वमा परेका युवाले कसरी अहिले काम गरिरहेका छन् भन्ने विषयमा मन्तव्य दिने कार्यक्रम थियो । त्यहाँ उनले नेपालको बाल सैन्य र त्यससँग सम्बन्धित डकुमेन्ट्रीसमेत देखाउन खोजेका थिए ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा बाल सैनिकका कुरा उठाएर नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काममा सरिक हुन खोजेका कारण पनि उनलाई रोक लगाउनुपरेको गृहले लेखेको पत्रमा उल्लेख छ । ‘अन्तर्राष्ट्रिय मञ्चहरूमा बाल सैन्यको कुरा उठाएर नेपालको प्रतिष्ठा धुमिल बनाउने र मुख्यतः माओवादी आन्दोलन र यसका नेतालाई बदनाम गराउने अभियानमा लागेका एनजीओ/आईएनजीओसँग मिलेर नेताहरूलाई हेगसम्म पुर्‍याउने षड्यन्त्रका साथ उनी प्रयोग हुन खोजेको देखिएपछि उनलाई रोक लगाइएको हो’, गृहले लेखेको पत्रमा उल्लेख गरिएको गृह स्रोतले बतायो ।

विष्टलाई रोक लगाइएको विषय सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि प्रधानमन्त्री केपी ओलीले गत शुक्रबार नै गृहलाई पत्र पठाउदै २४ घण्टे स्पष्टीकरण सोधेका थिए । गृहले विष्टमाथि मूलतः तीन आरोपमा अध्यागनमले रोकेको बताएको छ । बाल सैन्यको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाएर नेपालको छवि धमिल्याउन खोजेको, आफ्नै पूर्वसहकर्मीको नाममा पैसा उठाउने र खाने गरेको तथा विगतमा पनि काल बाइपास र कालोबजारीका काममा संग्लन्न रहेकाले छानबिनकै चरणमा रहेकाले रोक्नुपरेको जवाफ प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

विष्ट २०६९ माघ १० गते कल बाइपास गरेको अभियोगमा भक्तपुर लोकन्थलीबाट प्रक्राउ परेका थिए । त्यसबेला उनी एक वर्ष जेल बसेर रिहा भएका थिए । ‘मुद्दा प्रमाणित नभएपछि जिल्ला र पुनरावेदनवाट सफाइ पाएर म त्यसबेला एक वर्ष जेल बसेर रिहा भएको हुँ’, विष्टले अन्नपूर्णसँग भने ।

उनले बैंकक जान लागेको विषयमा भने आफ्नै पूर्वसहकर्मीलाई पनि जानकारी दिएका थिएनन् । ‘मैले पासपोर्टमा भिसा लगाएर ६ गते मात्र हात पारेको थिएँ, कसैलाई जानकारी नै दिएको थिइनँ, ८ गते मेरो उड्ने कार्यक्रम थियो, तर रोक्ने काम भयो’, उनले भने ।

गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार सूर्य सुवेदीले विष्टविरुद्ध पटकपटक मन्त्रालयमै उजुरी बोकेर उनकै सहकर्मी आएपनि रोक्ने विषयमा भने आफूहरू जानकारी नभएको बताए । अध्यागमनले रोकेपछि मात्र जानकारी पाएको उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.