२४ जना सहसचिवको सरुवा

२४ जना सहसचिवको सरुवा

काठमाडाैं  : सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत २४ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ती सहसचिवको सरुवा गरिएको हो।

कर्मचारी समायोजन प्रक्रिया टुंगिन नसक्दा केन्द्रीय सरकारले तीनै तहका कर्मचारीको सरुवा गर्ने गरेको छ। कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएपछि भने सहसचिवसम्मका कर्मचारीको सरुवा गर्ने अधिकार प्रदेश सरकारसँगै रहनेछ। केन्द्रीय सरकारले आफूहरूसँग समन्वय नगरी सचिव, सहसचिवको सरुवा गरेको भन्दै प्रदेश सरकार असन्तुष्ट छ।

सरुवा हुनेमा नेपाल प्रशासन सेवाका १२, कृषि सेवाका ८, इन्जिनियरिङ सेवाका ३ र शिक्षा सेवाका १ जना छन्। परराष्ट्र मन्त्रालयका मधुकुमार मरासिनीलाई उद्योग मन्त्रालय, उद्योगका शिवराम न्यौपाने र संघीय मामिलाका ज्ञानराज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयका डा. नारायणप्रसाद रेग्मीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, घोराही उपमहानगरपालिकाका चक्रपाणि पाण्डेलाई धनगढी उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाका डा. टोकराज पाण्डेलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ।

धनगढी उपमहानगरपालिकाका सन्तबहादुर सुनारलाई घोराही उपमहानगरपालिका, प्रदेश ७ का मुख्यमन्त्री कार्यालयका पीताम्बर घिमिरेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संघीय मामिलाका प्रेमप्रसाद भट्टराईलाई ललितपुर महानगरपालिका, ललितपुर महानगरपालिकाका हरिप्रसाद दाहाललाई प्रदेश १ को सामाजिक विकास मन्त्रालय र प्रदेशसभा सचिवालय सुर्खेतका राजेश पौडेललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सहसचिवको सरुवा गरिएको हो।

राष्ट्रिय सुन्तला बाली विकास कार्यक्रमका डा. शान्ता कार्कीलाई प्रदेश ५ को कृषि विकास निर्देशनालय, बाली विकास निर्देशनालयका डा. विमल थापालाई गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, कृषि वस्तु निर्यातका कञ्चनराज पाण्डेलाई कर्णालीको कृषि विकास निर्देशनालय र क्षेत्रीय कृषि तालिम केन्द्रका वासुदेव काफ्लेलाई प्रदेश ३ को कृषि तालिम केन्द्रमा सरुवा गरिएको छ।

भूमि व्यवस्था मन्त्रालयकी सावित्री बराललाई गण्डकीको कृषि व्यवसाय प्रवद्र्धन तालिम केन्द्र, क्षेत्रीय कृषि तालिम केन्द्र पोखराका रवीन्द्रबहादुर प्रधानलाई कृषि विकास निर्देशनालय कैलाली, बजार अनुसन्धान तथा व्यवस्थापन कार्यक्रम हरिहरभवनकी जानुका पण्डितलाई कृषि विकास निर्देशनालय हेटौंडा र भूमि व्यवस्थाका वेनुप प्रसाईंलाई प्रदेश १ को कृषि विकास निर्देशनालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

इन्जिनियरिङ सेवातर्फ काठमाडांै महानगरपालिकाका ईश्वरचन्द्र महरहठ्ठालाई प्रदेश ४ को भौतिक पूर्वाधार मन्त्रालय, प्रदेश ४ को भौतिक पूर्वाधार सचिव भरतप्रसाद अर्याललाई काठमाडांै महानगरपालिका र प्रदेश ७ का भौतिक पूर्वाधार सचिव राजनराज पाण्डेलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ। शिक्षा सेवाका अम्बिकाप्रसाद रेग्मीलाई भाषा आयोगमा सरुवा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.