राजधानी सहरमा प्रहरीको नाकै अगाडि चोरी, बैंकको तालासमेत फोडियो

राजधानी सहरमा प्रहरीको नाकै अगाडि चोरी, बैंकको तालासमेत फोडियो

हेटौंडा : हेटौंडाका दुई स्थानमा बुधबार राति चोरी भएको छ । चोरीका क्रममा एउटा वाणिज्य बैंकको ताला फोडेर चोरीको प्रयास गरिएको छ । 

हेटौंडा उपमहानगरपालिका–१० मा स्थित साथीको मनी टान्सफरबाट नगद नौ हजार एकसय ५० रुपैयाँसहित ९५ हजार पाँचसय रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।

नगदसहित एनटिसीको ४९ हजार, एनसेलको ४४ हजार र डिसहोमको दुई हजार पाँचय रुपैयाँको रिचार्ज कार्ड चोरी भएको उनले जानकारी दिए । 

वडा कार्यालयबाट ६० हजार चोरी

त्यस्तै हेटौंडा उपमहानगरपालिका–१ को कार्यालयमा पनि चोरी भएको छ । कार्यालयको ताला फोडेर ६० हजार ५० नगद चोरी भएको प्रहरी प्रवक्ता सिंहले बताए । 

एक नम्बर वडा अध्यक्ष सबिन न्यौपानेले कार्यालयको ताला फोडेर राजश्व रकम ४० हजार ५० र वडा सचिवले राखेको २० हजार रुपैयाँ चोरी भएको बताए । अन्य काजगाजतहरु भने छरिएको अवस्थामा भेटिएको न्यौपानेले जानकारी दिए । 

एसबीआईको ताला फोडियो

चोरीकै क्रममा हेटौंडा–१० स्थित टीसीएनरोडस्थित सीता भवनमा रहेको एसबीआई बैंकको सटरको ताला फोडिएको छ । बुधबार राति सटरको ताला फोडिए पनि रकम भने चोरी नभएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए ।  बैकको तीनवटा सटरको ताला फोडिएको पाइएको उनले बताए । 

तीनै स्थानमा भएको घटनाको अनुसन्धान भइरहेको एसपी गुरुङले बताए । सीसीटीभी फुटेजमा हेर्दा एकै व्यक्तिले चोरी गरेको देखिएको उनले जानकारी दिए । 

‘मुख छोपेर एक युवाले चोरी गरिरहेको दृष्य देखिन्छ, हामी चोरी गर्ने व्यक्ति पत्ता लगाउँदैछौं’, गुरुङले भने । जिल्ला प्रहरी कार्यालय वरिपरि २४ सै घण्टा प्रहरीले पहरा दिने स्थानमा चोरी भएपछि स्थानीयले सुरक्षा अवस्थाबारे प्रश्न उठाएका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.