दाजुभाइले बनाइदिए स्वास्थ्य चौकी भवन

दाजुभाइले बनाइदिए स्वास्थ्य चौकी भवन

तेह्रथुम : म्याङलुङ नगरपालिका-७ आम्बुङका पाँच दाजुभाइले ४० लाख रुपैयाँ खर्च गरी स्वास्थ्य चौकी भवन निर्माण गरिदिएका छन्।उनीहरूले बुवा र आमाको स्मृतिमा जग्गासमेत खरिद गरी स्वास्थ्य भवन बनाइदिएका हुन्।

स्वास्थ्य भवनको नाम बुवा टंकबहादुर र आमा मनमाया सम्बाहाङ्फेका नामबाट ‘टंक-मन’ राखिएको स्थानीय इन्द्रबहादुर सम्बाहाङ्फेले बताए। ‘स्वास्थ्य सेवामा स्थानीयको पहुँच पुगोस् भन्ने उद्देश्यले दाजुभाइ मिलेर बुवाआमाको स्मृतिमा स्वास्थ्य चौकी बनाएका हौं’, उनले भने।

 कोही बिरामी भए जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने अवस्था हटाउनका लागि गाउँमै स्वास्थ्य चौकी निर्माण गरिएको अर्का भाइ गणेशबहादुरको भनाइ छ।

स्वास्थ्य चौकी सञ्चालनका लागि सरकारसँग बजेट माग गरिए पनि सुनुवाइ नहुँदा स्थानीय उपचारका लागि जिल्ला सदरमुकामलगायत ठाउँ जान बाध्य थिए। दाजुभाइले भवन बनाइदिएसँगै अहिले स्वास्थ्य चौकीमा २४ सै घण्टा सुरक्षित प्रसूति सेवासमेत सुरु भएको म्याङलुङ-७ का वडाध्यक्ष नारायण आचार्यले सुनाए। यसअघि दाताले प्रसूतिका लागि आवश्यक सामग्री प्रदान गरे पनि भवन अभावमा सेवा सञ्चालनमा आउन सकेको थिएन।

भवन निर्माणसँगै स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको स्वास्थ्य चौकी इन्चार्ज ममता देवले बताइन्।

स्वास्थ्य चौकीले कृष्णकुमार, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान, प्रेम र खेलप्रसाद सम्बाहाङ्फेलाई सम्मान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.