तीजको रौनक भुलेर बलात्कारीलाई फाँसी माग्दै सडकमा

तीजको रौनक भुलेर बलात्कारीलाई फाँसी माग्दै सडकमा

कोहलपुर : कृष्णजन्माष्टमीको दिन धेरै महिलाहरु ब्रत बसे । तर कोहलपुरका महिला भने ‘सानो तीज’ को रौनक नै छाडेर न्याय माग्दै सडकमा उत्रिए । छोरी बचाऊ भन्दै सडकमा उत्रिएका महिलाहरुले बलात्कारीलाई कारबाही गर्न माग गरेका छन । 

कोहलपुरमा तीन दिनमा दुई हाडनाता करणी भएपछि अधिकारकर्मीसहित महिलाहरु आन्दोलनमा उत्रिएका हुन् । सम्पन्न परिवारकै व्यक्तिहरुको अपराध लुकाउने आशंकामा उनीहरुले प्रहरीलाई दबाब दिए ।

आप्mनै सहोदर नातिनीलाई करणी गर्ने हजुरबुवालाई हदैसम्मको कारवाही माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय कोहलपुरमा धर्नासँगै नारावाजी गरे ।

कोहलपुर नगरपालिका–३ बस्ने ७० वर्षीय एक व्यक्तिले आप्mनै नातिनीलाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएपछि उनीहरु आक्रोशित भएका हुन् । उनीहरुले १३ वर्षीया नातिनीलाई करणी गर्ने हजुरवुवालाई ‘फाँसी’ सम्मको माग गरेका छन् । 

कोहलपुर क्षेत्रको प्रतिष्ठित तथा सम्पन्न परिवारभित्रको घटना भएकाले आर्थिक चलखेलमा मुद्दा फितलो बन्न सक्ने भन्दै दोषि उम्किन नहुने उनीहरुको माग छ । 

दोषीलाई कानुनसम्मत हदैसम्मको कारवाहीको मागसहित दबाब सिर्जना गर्न प्रहरी कार्यालयमा धर्ना र नाराबाजी गर्नुपरेको कोहलपुर नगरपालिका–३ का एक स्थानीयले बताए । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर थापाका अनुसार पीडितले हजुरबुवाविरुद्व उजुरी दिएपछि आरोपीलाई प्रक्राउ गरी अनुसन्धान तत्काल अघि बढाएको छ । 

आइतवार आरोपी हजुरबुवाविरुद्व प्रहरीले जबरजस्ती करणीमा मुद्वा दर्ता गरेर थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भएको छ ।

एकै सातामा कोहलपुर नगरपालिका–३ मा २ वटा जवरजस्ती करणीका घटना सार्वजनिक भएपछि स्थानीयहरु दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै प्रहरीमा धर्ना तथा नारावाजीमा उत्रिएका हुन् । 

गत मंगलबार सोही ठाउँमा बस्ने ५ वर्षीया मुस्लिम समुदायकी बालिका बलात्कृत भएकी थिइन् । नातामा काका पर्ने भारत उत्तर प्रदेश डिन्नी रहेली घर भई हाल कोहलपुर नगरपालिका–४ बस्ने १५ वर्षीय किशोर हरुण खाँनले घर पुर्‍याएदिने भन्दै आफ्नो कोठामा लगेर जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइसकेकोे छ ।

खानले आरोप स्वीकार गरेका छन् ।प्रदेश नम्बर ५ मा एक सातामा तीन बालिकासहित छ जनामाथि बलात्कार र हाडनाता करणी भएको छ । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने स्थानीयको माग छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.