पहिरोमा पुरिएर ३ बालबालिका बेपत्ता

पहिरोमा पुरिएर ३ बालबालिका बेपत्ता

दाङ : सल्यानमा पहिरोले घर पुरिदा ३ बालबालिका बेपत्ता भएका छन्। बागचौर नगरपालिका-१२ ओख्रेनी मुलखोलामा आएको पहिरोमा परी बलराम गाँडीका छोराछोरी बेपत्ता भएका हुन्। 

डाँगीका २ छोरी र १ छोरा पहिरोमा पुरिएको बागचौर नगरपालिका-१२ का वडा अध्यक्ष दीपक वलीले जानकारी दिए। 

८ र ४ वर्षीया छोरी ललिता र मेनकासँगै ६ वर्षीया छोरा ललित पहिरोमा बेपत्ता भएका हुन्। दिनभरीको भारी वर्षापछि आइतबार साँझ मुलखोलामा बाढीआएपछि घर पहिरोले पुरिएको हो। अभिभावक कामबाट फर्किदै गर्दा बालबालिका पहिरोमा परेका हुन्। 

सल्यान प्रहरी प्रमुख वीरेन्द्रबहादुर साहका अनुसार सिमखोली प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी हिँडिसकेको छ। तर दुर्गम क्षेत्र भएकाले प्रहरी अझैसम्म पुगिसकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.