आमामाथि बलात्कार गर्नेलाई जन्मकैद
भोजपुर : जिल्ला अदालत भोजपुरले आफ्नै आमा बलात्कार गर्ने अभियुक्त छोरालाई जन्मकैदको फैसला सुनाएको छ । आमालाई बलात्कार गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका दोभानेका २७ वर्षीय छिरिङ तेन्जिङ शेर्पालाई अदालतले २७ वर्ष जन्मकैद सजाय सुनाएको हो ।
गत असार ३ गते राति आफ्नी ६२ वर्षीया आमालाई पटकपटक बलात्कार गरेको आरोप लागेका छिरिङलाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजालसले २७ वर्षको कैद फैसला सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।
अदालतले छिरिङलाई बलात्कारको अभियोगसँगै हाडनाता करणीतर्फको पनि कैद सजाय सुनाएको जनाइएको छ ।
छिरिङ गत असार ३ गतेभन्दा अगाडि पीडित आमालाई पटकपटक छोराले बलात्कार गरेपछि गाउँपालिकाको न्यायिक समितिमा खबर गर्न पुगेपछि समितिले घटना मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । घटनापछि अभियुक्त छिरिङलाई असार ४ गते प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !