बालिका हत्यामा मानवअधिकार आयोगको चासो

बालिका हत्यामा मानवअधिकार आयोगको चासो

महोत्तरी : नाबालिका हत्याका अभियुक्तलाई प्रहरीले दोषी पक्राउ गर्न नसकेपछि राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ को टोलीले हत्या घटनामा चासो बढाएका छन्। आयोगको टोली महोत्तरीको औरहीकी आठमहिने बालिका सोनाली चौधरी हत्याको यथार्थ बुझ्न पीडित परिवारको घरमा पुगेका छन्।

आयोगका प्रदेश २ प्रमुख वीरबहादुर बुढामगर र मानवअधिकार अधिकृत दीप यादवको टोली सोमबार घटना छानबिनका लागि औरही पुगेको हो।

भदौ १० गते अपहरणपछि हत्या गरेको ९ दिन बितेको छ। तर, प्रहरीले दोषी पक्राउ गर्न नसकेको भन्दै आलोचनामा आन्दोलन गरिएको थियो। घटनाको सत्य तथ्य बुझ्न आयोगको टोलीले महोत्तरीका प्रहरी प्रशासनसँग पनि भेटेका छन्।

टोलीले पीडित बालिकाका हजुरबुवा रामचन्द्र चौधरी, औरही नगरपालिकाका प्रशासकीय अधिकृत बासु काफ्ले, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्की र सीडीओ उमेश ढकालसँग घटनाको सत्यतथ्य, दोषी पक्राउ नपर्नुको कारण, पक्राउ गर्न गरिएको प्रयासबारे सोधपुच्छ गरेका थिए।

‘सातमहिने बच्चीको अपहरण, बलात्कार र हत्या भएको स्थानीयले हामीलाई जानकारी दिएका छन्,’ मानवअधिकार आयोगका अधिकृत यादवले भने, ‘घटना अनौठो खालको छ। हामी सुरुदेखि नै गम्भीर भएर नियालिरहेका छौं।’ प्रहरी प्रशासनले दोषी पक्राउ गर्न नेपाल र भारतमा विशेष टोली खटाएको जवाफ आएको उनले बताए। प्रहरीले बालिकाको बलात्कार भएकोबारे आयोगको टोलीलाई खुलाएको छैन। ‘हामीले प्रहरीसँग पोस्टमार्टम रिपोर्ट माग्यौं। तर, प्रहरीले हस्पिटलबाट नआएकाले जवाफ दिए,’ आयोगका अधिकृत यादवले भने।

हत्यारा पक्राउ नगरेको औरहीबासी आन्दोलित भएका थिए। भदौ २० गतेसम्म दोषी पक्राउ नगरे आन्दोलन गर्ने भन्दै शुक्रबार चार दिनका लागि स्थानीयले आन्दोलन रोकेका थिए।

भदौ १० गते औरही बजारस्थित आफ्नै पसलमा आमाको काखमा खेल्दै गरी बालिकाको अपहरण भएको थियो। सोमबार उनको शव आँपबारीमा फेला परेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.