२७ हजार भूकम्पपीडितले अझै घर बनाएनन्

२७ हजार भूकम्पपीडितले अझै घर बनाएनन्

बनेपा : भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेका २७ हजार भूकम्पपीडितको आवास अझै निर्माण हुन सकेको छैन। आर्थिक, प्राविधिक र विभिन्न कारणले उनीहरूले समयमै आवास निर्माण गर्न नसकेका हुन्। उनीहरू आवास नहुँदा अनेक समस्या भोग्न बाध्य भएका हुन्।

भूकम्पपीडित आर्थिक अवस्था कमजोर हुनुका साथैे निर्माण सामाग्री अभाव, कामदार अभाव, डकर्मी, सिकर्मीको अभाव र महंगीले आवास बनाउन नसकेको गुनासो गर्छन्। ‘सरकारले दिएको पहिलो किस्ताको रकमले भत्किएको घर पन्छाउन ठिक्क भयो नयाँ घर कहाँबाट बनाउनू ? ’, मण्डनदेउपुर नगरपालिकाका विशाल लामाले भने, ‘टहरामा सास्ती खाएर बस्न कसलाई रहर हुन्छ र ? पैसा भए बनाउन सुरु गर्थें।’ लामो समयदेखि टहरामा बस्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी र रोगी सदस्य घाम, पानी र हावाहुरीको समस्या झेल्दै र विभिन्न रोगको शिकार हँदै आएका छन्।

‘जाडो महिनामा टिनको शीत र चिसोले ८३ वर्षीया हजुरआमा र दुई वर्षीया छोरी निमोनियाको शिकार भए’, पाँचखाल नगरपालिकाका सुमन खड्का भन्छन्, ‘टहरामा बसेदेखि परिवारमा कोही न कोही बिरामी परेकै हुन्छन्, ज्वरो आउने टाउको दुख्ने विभिन्न समस्या हुने गरेको छ।’ जिल्लामा भूकम्पबाट आवास क्षति भएको भन्दै पहिलो किस्ताबापत ६६ हजार नौ सय ९१ लाभग्राहीले पहिलो किस्ता रकम बुझे पनि ३९ हजार सात सय ४१ ले मात्र आवास निर्माण सुरु गरेर दोस्रो किस्ता लगेका छन् भने २७ हजार दुई सय ५० भूकम्पपीडितले भने अझै आवास निर्माण सुरु गरेका छैेनन्।

पुनर्निर्माण प्राधिकरण भने पीडितले आवास निर्माण गर्न चासो नदिँदा पुनर्निर्माणले गति पाउन नसकेको आरोप लगाउँदै आएको छ। पहिलो किस्ता लगेको तीन वर्ष बितिसक्दा पनि २७ हजार दुई सय ५० भूकम्पपीडितले आवास निर्माण सुरु नगरे पनि सरकार र पुनर्निर्माण प्राधिकरणले चासो दिएको छैन। ‘पहिलो किस्ता लगेको तीन वर्ष भइसक्यो तर घर बनेन यसले ठुलो संख्यामा आवास निर्माण हुन सकेको छैन’, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) प्रमुख लोकनाथ रेग्मीले भने। अन्यत्र घर भएका वा घर नभत्किएकाले मात्र अझै घर बनाउन सुरु नगरेको उनको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माणका लागि विभिन्न समयमा समयसीमा तोके पनि त्यो प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँदै आएका छन्। प्राधिकरणले दोस्रो किस्ता लिन २०७४ चैतमसान्त र त्यसपछि असारमसान्त डीपीसी सम्म गर्नुपर्ने बाध्यकारी नियम बनाएको थियो। २७ हजार दुई सय ५० पीडितले तोकिएको समयमा आवास निर्माण सुरु नगर्दा पुनर्निर्माण कछुवाको गतिमा अघि बढेको सरोकारवालाको भनाइ छ।

पाँच हजारले सम्झौता गरेननघर भत्किएर तीन वर्षदेखि टहरामा बस्दै आएका पाँच हजारभन्दा बढी भूकम्पपीडितले अझै सरकारको राहत पाउन सकेका छैनन्। लाभग्राही सूचीमा नाम प्रकाशित भए पनि आवास निर्माणका लागि जग्गा र लालपूर्जा नहँदा सरकारी राहतबाट वञ्चित हुँदै आएका हुन्। लाभग्राही सूचीमा नाम भए पनि जिल्लामा विभिन्न कारण पाँच हजार चार सय २९ भूकम्पपीडितलाई राहत रकम दिन नसकेको प्रमुख रेग्मीले बताए। ‘आवास निर्मााणका लागि जग्गा नभएका, लालपूर्जा नभएका सुकुमबासी र वैदेशिक रोजगारीमा गएकाको लाभग्राही सूचीमा नाम त छ तर सम्झौता हुन सकेको छैन’, उनले थपे, ‘नीति प्रक्रिया र विभिन्न उल्झनका कारण सम्झौताबाट वञ्चित हुँदै आएका छन्।’

छुट्नेमा जिल्लाका भुम्लु गाउँपालिका, धुलिखेल, पनौति, बनेपा, पाँचखाल, मण्डनदेउपुर नगरपालिकाका पाँच हजारभन्दा बढी भूकम्पपीडितले लाभग्राही सूचीमा नाम भए पनि राहत पाउन सकेका छैनन्। जिल्लामा ७२ हजार चार सय २० भूकम्पपीडितको लाभग्राहीमा नाम प्रकाशित भए पनि ६६ हजार नौ सय ९१ ले मात्र पहिलो किस्ता लिएका छन् भने ३९ हजार सात सय ४१ पीडितले दोस्रो किस्ता लिएका छन्। प्राधिकरणका अनुसार, हालसम्म जिल्लामा १४ हजार चार सय १४ मात्र आवास निर्माण भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.