राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाने

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाने

काठमाडौं  : संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली असोज पहिलो साता न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा प्रधानमन्त्री नेतृत्वको नेपाली टोली सहभागी हुनेछ ।

महासभाको औपचारिक आरम्भ असोज २ मा हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ बाट सुरु हुनेछ । प्रधानमन्त्री ओलीले असोज ११ मा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँग २० जना आसपासको उच्चस्तरीय प्रतिनिधिमण्डल जाने एक अधिकारीले बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री नेतृत्व उच्चस्तरीय टोली नै न्यूयोर्क जाने तयारी भइरहेको बताउँदै भने, ‘नेपालले संविधान जारी गरेपछि सम्पन्न तीनै तहको निर्वाचनपछिको सरकार र राष्ट्रले समृद्धिका लागि चालेको कदमबारे विश्वसमुदायलाई जानकारी दिन प्रधानमन्त्रीस्तरमा नै महासभामा जान आवश्यक रहेको महसुस सरकारले गरेको छ ।’

नेपालले आफ्नो आन्तरिक सफलतालाई विश्व समक्ष बाँड्न सक्नुपर्ने भन्दै त्यसको लागि राष्ट्रसंघ उपयुक्त मञ्च रहेकाले प्रधानमन्त्रीस्तरबाटै सम्बोधन हुने उनले बताए । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजको लागि विश्व नेतृत्व र जिम्मेवारी बा“डफा“ड’ मूलमन्त्र तय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.