सर्पदंश उपचार केन्द्र सञ्चालनमा

सर्पदंश उपचार केन्द्र सञ्चालनमा

कोहलपुर : बाँकेको दुर्गम क्षेत्र मानिने राप्तीसोनारी गाउँपालिकाका स्थानीयले सर्पदंशको उपचार पाउने भएका छन्। बाढि र डुवानको प्रताडित क्षेत्र राप्ती सोनारीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि उपचार सहज बनेको हो। यो पालिकामा धेरैले अकालमै ज्यान गुमाउनु परेको थियो। सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि ५१ हजार बढि जनतालाई प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए।

बाँके राष्ट्रिय निकुञ्ज अन्र्तगतका मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने स्थानीयलाई लक्षित नगरी राप्ती नदी वारी राप्ती नदी पारीसम्मका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास अध्यक्षले व्यक्त गरे। उपचार केन्द्र स्थापनापछि सबैभन्दा बढि खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, महादेवपुरी, धामपुर, शिबखोला, गाभर, बालापुर, बच्चापुर क्षेत्रका स्थानीय प््रत्यक्ष लाभान्वित हुने छन्।

गाउँपालिकाले २० लाख ५० हजार रुपैयाँ, निकुञ्ज सुरक्षार्था स्थापना गरिएको नेपाली सेनाको श्री मेहर गणको प्राविधिक एवं श्रमदान र विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त ९ लाख ६२ हजार ३ सय ६४ रूपैयाँको लागतमा केन्द्रको भवन तथा संरचना निर्माण गरिएको हो। केन्द्रलाई दिर्धकालीन रुपमा सञ्चालन गराउन र भौतिक संरचना विस्तार एवं आधुनिक सर्पदंश केन्द्र बनाउन अक्षय कोष स्थापना गरी रकम संकलन अभियानलाई अगाडी बढाइएको राप्ती सोनारी वडा ८ का अध्यक्ष खुमबहादुर बस्नेतले जानकारी दिए।

गाउँपालिकाले अक्षयकोष स्थापनाका लागि २० लाख २९ हजार ७० रूपैयाँ जम्मा गरेको छ। कोषमा १ सय ७२ जनाले १४ लाख ६० हजार ३ सय ३५ र ४० वटा संस्थाले ५ लाख ६८ हजार ७ सय ३५ रूपैयाँ सहयोग गरेको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिले जनाएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत शम्सेरगञ्जमा रहेको बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री मेहर गण नजिक सञ्चालनमा ल्याइएको केन्द्रमा हाल नेपाली सेनाको श्री मेहर गणबाट ५ जना स्वास्थ्यकर्मी प्राविधिक खटाइएको गणका प्रमुख सेनानी बासुदेव धिमालले जानकारी दिए। धिमालका अनुसार भेरी अञ्चल अस्पताल नेपालगञ्ज र क्षेत्रीय मेडिकल स्टोरबाट एन्टी भेनस सहयोग स्वरुप उपलब्ध भएकाले संरचना निर्माण सम्पन्न गरेलगत्तै केन्द्रबाट सेवा प्रारम्भ गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.