नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्ने सहमति

नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्ने सहमति

काठमाडौं : नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर  भएसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

दुवै देशका सरकारी अधिकारीबीच बिहीबार मध्यरातमा सम्झौता भएको हो । सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा  बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा  बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको  उल्लेख उल्लेख गरिएको छ ।  

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइएको हो। 

हाल नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ। 

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता गरेका थिए तर, उक्त सम्झौता कार्यान्वयनका लागि प्रोटोकलले मूर्त रुप पाएको थिएन । 

हेर्नुहाेस् सम्झाैतापत्र



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.