हतियारसहित आएका डाकाले कुट्दै लुटे, पाँच घाइते

हतियारसहित आएका डाकाले कुट्दै लुटे, पाँच घाइते

महोत्तरी : भंगहा नगरपालिका–६ जमुनियामा गएराति डाकाहरुको समूहले धनमाल लुटपाट गर्दै, ५ जनालाई घाइते बनाएका छन्।  स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट गर्न गएको डाकाहरुको समूहले सुन चाँदी नगद लगायत १० लाख बराबरको धनमाल लुटपाट गरेको अर्जुन भुजेलका आफन्त अनील कुमार भुजेलले जानकारी दिएका छन् । २० जनाको समूहमा आएका डाकाहरुले लुटपाटसँगै घरका ५ जना परिवारलाई आक्रमण गरी घाइते बनाएका छन् । 

घाइते हुनेमा अर्जुन भुजेल उनकी श्रीमती अञ्जुदेवी, छोराहरु दीपेन्द्र भुजेल, अमीत भुजेल र अर्जुनका साला सुमित बुढाथोकी रहेका छन्। धाइतेहरुको अनुहार, टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटैचोट छन् । उनीहरुको शुभस्वस्तिक अस्पलात बर्दिबासमा उपचार भइरहेको छ ।  

राति साढे ११ बजे आएका डाकाहरुले खुकुरी, भाला, बन्दुक जस्ता हतियार बोकेको पीडितले बताएका छन् । अर्जुनका आफन्त अनीलकुमार भुजेल घटना थाहा पाएर जाँदा डाकाहरुले उनको मोटरसाइकलमा बम प्रहार गरेको र आफू मोटरसाइल छोडेर भागेको अनीलले बताएका छन् । 

लुटेरा समूह घरमा पसेपछि अर्जुनका परिवार भाग्न खोज्दा चार राउण्ड गोली समेत चलाइएको पीतिडले बताएका छन् । छोरा अमी भुजेलमाथि ताकेर गोली हानिएको तर भाग्दै गरेका कारण गोलीको छर्राले मात्रै लागेको घाइते अमीतले बताएका छन् । घटनास्थलका प्रहरीले ३ राउण्ड गोलीका खोका फेला पारेको घटनास्थलमा गएका सञ्चारकर्मी बाबु यदुवंशीले जानकारी दिएका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.