यू–१९ टोलीमा बाराका तीन क्रिकेटर

यू–१९ टोलीमा बाराका तीन क्रिकेटर

सिमरा :  भारत र अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखलाका लागि घोषित नेपाली यू–१९ टोलीमा बाराका तीन खेलाडीले स्थान बनाएका छन् । भदौ २७ देखि भारतको कोलकातामा हुने शृंखलाका लागि शुक्रबार घोषणा गरिएको टोलीमा कलैया क्रिकेट क्लबका पवन सर्राफ, तृतराज दास र रवि साह छनोट भएका हुन् ।

टोलीमा पर्न सफल पवनले यसअघि पनि यू–१९ बाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । तृतराज भने यू–१६ का खेलाडी हुन् । उनलाई यसपटक यू–१९ बाट खेल्ने अवसर दिइएको छ ।

वीरगन्जका मोहमद आसिफ सेखको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा छनोट भएका रवि भने नयाँ अनुहार हुन् । रवि गत महिना सम्पन्न ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् । उनीसहित ट्यालेन्ट हन्टबाट छानिएका अन्य पाँच जनाले पनि टिममा स्थान बनाएका छन् ।

कलैयाबाट तीन खेलाडी एकैसाथ राष्ट्रिय टिममा पर्न सफल भएपछि जिल्लावासी खुसी देखिएका छन् । कलैया क्रिकेट क्लबका सचिव पंकज पाण्डेले जिल्लाका तीन खेलाडीले एउटै टोलीबाट देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय रहेको बताए ।

‘यो हाम्रा लागि निकै खुसीको कुरा हो । एकैपटक तीन खेलाडी टिममा छनोट भएका छन्’, पाण्डेले भने, ‘खेलाडीले गर्दै आएको मेहनत सफल भएको छ ।’

लामो समय नेपाली राष्ट्रिय टोलीका कप्तान रहेका विनोद दास पनि कलैयाका हुन् । दास कप्तान बनेसँगै कलैयामा क्रिकेट क्रेज बढेको थियो । पछिल्लो समय कलैयाका युवा क्रिकेटप्रति आकर्षित हुन थालेका छन् । कलैयाबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गर्ने थुप्रै खेलाडी छन् । जिल्लाका अन्य स्थानको तुलनामा कलैयामा क्रिकेट गतिविधिसमेत बढी हुने गर्छ ।

टोलीमा छनोट हुन सफल बाराका तीन खेलाडीसहितको राष्ट्रिय टिम सोमबार भारत प्रस्थान गर्नेछ । टोलीले भारत, अफगानिस्तानसहित भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको यू–१९ टोलीसँग एकदिवसीय शृंखला खेल्नेछ ।

नेपालले भदौ २७ गते भारतको राष्ट्रिय क्रिकेट एकेडेमीसँग खेल्नेछ भने भदौ २९ गते भारतको यू–१९ र भदौ ३१ गते अफगानिस्तानको यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्नेछन् । तेस्रो र चौथो रहेका टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।

सेखको कप्तानीमा रहेको टोलीमा बाराका पवन, तृतराज र रविसँगै किशोर महतो, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.