लाखेका साथी
भोजपुुर : सदरमुुकाम बीचबजारका आठ वर्षीय सञ्जीव श्रेष्ठलाई साँझबिहान स्कुुल, घर, बाटो, खानाखाजामा एउटै चिजको भुुत चढेको छ। त्यो हो लाखे नाच्ने रहर। सगरमाथा हाइयर सेकेन्डरी बोर्डिङ स्कुुल कक्षा २ का विद्यार्थी सञ्जीव नृत्य कलामा निकै माहिर छन्। त्यसमाथि झन् यो लाखे जात्रामा त उनलाई चलाइसक्नुु छैन।
दिप्सन श्रेष्ठ, मनीष राई, विवेक भुुजेल पनि छिमेकीसँगै उनका कक्षाका अति मिल्ने साथीहरू हुुन्। उनीहरूलाई पनि लाखेको रौनक चढेको छ। यी चार भाइबीच हरेक बिहानसाँझ, स्कुुल जाँदा आउँदा एउटै कुुराको खटपट चलिरहन्छ कि आज लाखे को बन्ने भनेर। कसले ढोल बजाउने, कसले झ्याम्टा बजाउने र को लाखेको साथी अर्को लाखे बन्ने ? विवाद नै हुुन्छ।
शुुक्रबार हाफ छुुट्टी हुुने बित्तिकै यी साथीभाइ झोला बोकेर बाटैभरि अँगालो हालेर कानेखुुसी गर्दै घर फर्किन्छन्। ठूला मानिसले जस्तै आफूहरू सानो लाखे बनेर सारथि बन्न खोजेको बताउँछन् उनीहरू। ‘आज म लाखे बन्छुु। दिप्सन तँ ढोल बजा, विवेक र मनीष झ्याम्टा बजा है। आज पनि दह्रो पैसा माग्नुुपर्छ अनि बाँड्नुुपर्छ। अरूलाई पनि लानुुपर्छ ’, सञ्जीवले बढो उत्सुुकताका साथ आफ्ना तीन भाइ साथीलाई भने। उनीहरूले पनि सञ्जीवको कुुरा सुुनेर आपसमा साथ दिने निधो गरे। त्यसपछि हतारहतार घरतिर लागे उनीहरू।
सञ्जीव छिटोछिटो कपडा बदलेर साथीहरूको झुुन्डमा खाजै नखाई आमालाई ‘मम्मी म लाखे गएँ है’ भन्दै निस्किए। बाहिर ठूला मानिसको लाखेको ढोल र झ्याम्टाको आवाजले सञ्जीवलाई घरमा खाजा खानसमेत साथ दिएको थिएन। उनलाई कौतुुहलताले सताएको थियो। स्कुुलमा पनि कक्षाको जेहेनदार, त्यसमाथि प्रतिभावान् सञ्जीवलाई लाखे नाच्नुु कुुनै नौलो कुुरा थिएन।
नागपञ्चमीदेखि नै दिनहुुँ आफ्ना साथीहरूसँग सञ्जीव लाखेको मुुकुुन्डो, घन्टीजडित लाखेको कपडा, ढोल, झ्याम्टा बजाएर लाखे नाच्दै आएका छन्। उनीहरू विद्यालयबाट आउँदा आफूले गरेको निर्णयअनुुसार नै लाखे बनेर ढोल झ्याम्टा बजाउँदै बजार परिक्रमामा निस्किन्छन्।
चारभन्ज्याङ, बीचबजार, डाँडागाउँ, बैंकरोड, जिरोप्वाइन्ट, भोटेपसलसम्म प्रत्येक साँझ र स्कुुल छुुट्टी भएपछि लाखे बनेर ढोल झ्याम्टा बजाउन सुुरु गरिहाल्छन् उनीहरू। दिनभर नाच्दा कहिले ६ सय ५० र कहिले साढे चार सय रुपैयाँ मात्रै संकलन हुुने गरेको उनीहरूले बताए। पैसा कम जम्मा भएका दिन उनीहरू उत्साहित हुुँदै भन्छन्, ‘आज चैँ धेरै बेलुुकीसम्म नाच्नुुपर्छ। आज धेरै पैसा बटुुल्नुुपर्छ है केटा हो।’ पैसा जम्मा गरेर खाजाबाहेक कपीकलमको समेत जोहो गर्छन् उनीहरू। बजारका हरेक चोकचोक, गल्लीगल्लीमा उनीहरूको लावालस्कर लाग्छ। यी साना लाखेहरूलाई देखेपछि बजारका अन्यले भन्छन्, ‘लौ सुुरु भए फेरि। ठूलालाई मतलव छैन, यिनीहरूलाई नै लागेको रै’छ लाखे।’ छरछिमेकका साना बालबालिका पनि ‘ऊ आयो सानो लाखे’ भन्दै गिज्याउँछन्। अनि लाखे भेषका दिप्सन पनि ठुुला लाखेले लखेटे जस्तै लखट्ने नाटक गर्छन् अन्य बालबालिकालाई। झट्ट हेर्दा पनि सानो र अपत्यारिलो देखिए पनि सञ्जीवको नृत्य कलालाई सबैले मन पराउँछन्।
लाखे नाचमा मग्न हुुने उनीहरू कलात्मक ढंगले ठुुला लाखेले जस्तै लाखेको नक्कल गर्न निकै सिपालुु छन्। सञ्जीवलाई अहिले लाखे नाच्न भ्याइनभ्याइ छ। अनि साथीहरूले पनि उनलाई संगीतको तालमा बाजाले साथ दिने गरेका छन्। नेवार समुुदायको सांस्कृतिक पर्व लाखेनाचमा प्रत्येक गल्ली चहार्ने लाखेका सारथि सञ्जीव र उनका साथीहरूको ढोल झ्याम्टाको तालमा लाखे बन्नुु उनीहरूको दैनिकी हो। स्कुुलबाट छुुट्टी भएर बाटोमा साथीहरूसँग आउँदा पनि लाखेनाचको हाउभाउ गर्दै फर्कन्छन् उनीहरू।
नेवार जातिको बाहुुल्य रहेको भोजपुुरमा ठूलालाई भन्दा सञ्जीवजस्ता साना केटाकेटीलाई लाखेको रौनक छाएको छ। दिनरात, साँझबिहान, खानाखाजा, स्कुुलघर जहाँ रहे पनि लाखेको मात चढेको देखिन्छ। शदीयौंदेखिको परम्परा र सांस्कृतिक पर्व जोगाउन भावी पुुस्ताका लागि राम्रो छाप बनाउन सक्ने क्षमता उनीहरूमा देखिन्छ।