अर्घाखाँचीमा शिक्षा दिवस मनाइयो

अर्घाखाँचीमा शिक्षा दिवस मनाइयो

अर्घाखाँची : ३९ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाउँ पालिकाले मनाइएको छ। पाणिनि गाउँपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने व्यक्ति, शिक्षक तथा विद्यार्थीलाई सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ। 

कार्यक्रममा आधारभूत तह, माध्यमिक तह तथा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अध्यापन गराउने शिक्षक, विद्यालय, विद्यालय कर्मचारीलाई सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ। 

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले शिक्षाको गुणस्तर वृद्धि गरी व्यवहारिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिए।

गुणस्तरीय शिक्षाविना देशको विकास सम्भव नभएको उनले बताए।गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, गाँउ शिक्षा समितिका अध्यक्ष गुणखर अधिकारी, नेरामाविका प्रधनाध्यापक पुस्करराज पोख्रेल, स्रोत ब्यक्ति यादव प्रसाद घिमिरेलगायतको उपस्थिति थियो।

अन्नपूर्णकर्मी आचार्य सम्मानित
शिक्षा दिवसको अवसरमा अन्‍नपूर्ण पोस्ट् दैनिकका जिल्ला संवाददाता प्रेमनारायण आचार्य सम्मानित भएका छन्। पाणिनि गाउँपालिकाले जिल्लामा रहि शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै आचार्यलाई सम्मान गरेको हो।  पत्रकार आचार्यलाई  जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा र गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सम्मानपत्र, दोसल्ला र शैक्षिक सामाग्रीले सम्मान गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.