चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको किमडाडामा चितुवाको आक्रमणबाट पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।

सन्धिखर्क नगरपालिका-१० धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी पाँच वर्षीया सदीक्षा रानाको मृत्यु भएको हो। तीजको समयमा मामाघर जानेक्रममा उनी चितुवाको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए।

आमासँग सन्धिखर्क ८ किमडाँडा पकले जाने क्रममा बाटोमा पर्ने सानी आमाको घर नजिकै बालिकालाई चितुवाले आक्रमण गरेको हो। तीन बहिनीसँगै चाउचाउ किन्न गएर घर फर्कने क्रममा लामो खरेयानमा लुकेर बसेको चितुवाले बालिकालाई आक्रमण गरेर जंगलतर्फ लगेको थियो।

हामी बसेर चाउचाउ खाँदै थियाँै बिचमा बसेकी कान्छी बहिनीलाई चितुवाले लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदीले बताएपछि स्थानीयबासी हारगुहार गर्दै जंगलतर्फ गएका थिए। खोज्दै जादा चितुवाले खाएर क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिएको हो।

घटनास्थलको प्रकृति मुजुल्कासहित पोस्टमार्टमको निम्ति जिल्ला अस्पताल लगिएको छ। चितुवाले पछिल्ला तीन वर्षमा डेढ दर्जन बालबालिकामा आक्रमण गरेको छ। जस्का कारण १२ जनाको ज्यान गएको छ। ६ जना घाइते उपचारपछि घर फर्किएका छन्। 

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय त्रसित छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.